Bimarsan oli

Bimarsan oli Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimarsan oli, Shopping & retail, आउनुहोस रमाइला कुरा सङगै मेरो पेजमा स्वागद छ, Riyadh.

आज हाम्रो परिवारमा खुसि सङगै केहि जिम्मेवारी  थपिएको दिन  रहिछ हिजो अस्ति झै लाग्थ्यो छोरो तिमिले यस धर्तिमा पाइला टेकेक...
18/05/2020

आज हाम्रो परिवारमा खुसि सङगै केहि जिम्मेवारी थपिएको दिन रहिछ हिजो अस्ति झै लाग्थ्यो छोरो तिमिले यस धर्तिमा पाइला टेकेको तर पतै भयन कति चाडो समयले नेटो काट्यो भनेर .
जन्म दिन को लाखौ लाख सुभकामना छोरो
जन्मे पछि ठुलो त सबै हुन्छन छोरो तर देश र जन्ताको निम्ती केहि गर्छु भनेर अगाडी बढनु छोरा यहि छ तिम्रो जन्म दिन को आशिर्वाद सङगै सुभकामना छोरा
तिम्रो लागी म र तिम्रो ममिको साथ जुन सुकै ठाउमा पनि रहिरहेने छ ......once agin happy birthday sabin Binita Magar

12/05/2020

लिपुलेक र कालापानी जाँदा कलँकि बाट गिरफ्तार गरेर कालिमाटी प्रहरी सेलमा लगेर राख्यो।हामी हाम्रो माटोमा जान पाउँदैनौँ?
हेम राज थापा

09/05/2020

मार्मिक छ यो पत्र


नबिना लामालाई युरोप बाट एक युवाको प्रेमपत्र !

नबिना लामालाई युरोप बाट एक युवाको प्रेमपत्र !

डियर नबिना कमरेड लाल सलाम !
म कोरोना ग्रसित देशमा सन्चै छु । आशा हजुर पनि सन्चै हुनुहुन्छहोला । गर्भवती हुनुहुन्छ अरे भन्ने सुन्नमा आएको थियो । आफ्नो ख्याल गर्नुहोला । धेरै काममा दौडधुप नगर्नुहोला । बेलाबेलामा स्वास्थ्यचौकिमा जाँच गर्न जादै गर्नुहोला । एउटा स्वस्थ भविस्यको कर्णधार आउदैछ । अग्रिम बधाई तथा शुभकामना !

डियर कमरेड ,
मान्छेहरुले कसैलाई पत्र लेख्नुपरे खुलापत्र , बिन्तिपत्र , आह्वानपत्र केके भनेर लेख्छन । तर मैले प्रेमपत्र भनेर लेख्नुको मतलब हो , म नेकपाको खाटी शुभचिन्तक हुँ । प्रत्यक्ष अप्रत्यक्ष तरिकाले नेकपाका विगतका केही आन्दोलनहरुमा आफुलाई पनि समाहित गरेको छु । तसर्थ म नेकपाका नेता कार्यकर्ता सबैलाई प्रेम गर्दछु । र तपाईलाई एउटा प्रेमपत्र लेखेको छु । तर यसको मतलब अरु सबलाई घृणा गर्छु भनेको चाहिँ होइन ।

डियर कमरेड ,
सारा संसार यतिबेला कोरोना सङ्ग विश्वयुद्ध लडिरहेको छ । र हाम्रो देश नेपाल पनि यस युद्ध बाट अछुतो रहन सकेन । नेपालमा पनि लकडाउनको भएको एक महिना भन्दा बढी भइसक्यो । देशमा अहिले कोरोनाको र ओलि र कुर्सिको मात्र चर्चा छ । प्रधानमन्त्रीज्युलाई जनतालाई कोरोना बाट बचाउने भन्दा पनि आफ्नो कुर्सी कसरी बचाउने भन्ने चिन्ता बढी भएको देखिन्छ । कुर्सी बचाउन अध्यादेश अपहरण काण्डहरु सङ्गै कोरोनाको कहर र राजनीतिक लहरहरु चलिरहेको थियो । यसैबीचमा तपाईको हिजो प्राइम टेलिभिजनमा ॠषि धमला सङ्गको अन्तर्वार्ता हेर्ने/सुन्ने सु-अवसर प्राप्त भयो । हेरिसकेपछि बेस्सरी हासे , एउटा देशको सांसदको बोल्ने शैली र बौद्धिकता देखेर । बेस्सरी रिसाए , तपाई आफै हैसियतहिन व्यक्तिले अर्को हैसियत भएको मान्छेको हैसियत माथी प्रश्नचिन्ह उठाएको देखेर ।

डियर कमरेड
प्रचण्डले यो परिवर्तन ल्याउन जनयुद्ध र आन्दोलनका लागि आह्वान गर्दा तपाईका हैसियत भएका नेता केपि ओलिले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्थे । मधेसी अल्पसंख्यकहरुलाई आँप बादरसम्म भन्थे । यो कुरा गणतन्त्र आइसकेपछि जन्मेकाहरु बाहेक सबैलाई थाहा छ । अहिले त डिजिटल जमाना हो । बच्चाहरु पनि तपाईका हैसियत भएका नेताका कुराहरु युटुब ति सुनेर/हेरेर पेट मिचिमिची हास्दाहुन। तपाईले हैसियत नदेखेको प्रचण्डले आफ्नो टाउकोको मुल्य टोकाएर भएपनी जनयुद्ध सम्पन्न गरे । त्यसपछि जनआन्दोलन हुँदै गणतन्त्रको घोषणा गरे । देशमा गणतन्त्र आयो । संघीयता आयो । धर्म निरपेक्षता आयो । समावेशी समानुपातिक व्यवस्था आयो । तपाईहरु जस्तै सयौं वर्षदेखि उत्पीडनमा पारिएका जात र समुदायको व्यक्तिहरु देशको प्रमुख वा तपाई जस्तै सांसद हुन पाउने अवसर आयो । यै ब्यबस्थाको उपलब्धि स्वरुप तपाईका `बा´ केपि ओलिले ल्होसारमा टीका लगाईदिएर तपाईलाई समानुपातिक तर्फको सांसद पद दक्षिणामा दिएकाहुन । कि अमेरिका बाट बयलगाँडामा निर्यातित सांसद पद होर कमरेड ?

शिवजी बाट भष्मासुरले पाएको वरदान र प्रचण्डले लडेर ल्याएको ब्यबस्थामा तपाईले पाएको टिके सांसद पद एउटै भयो । तपाई यो व्यवस्थाको संरक्षक हुनुपर्थ्यो । यो व्यवस्था ल्याउनेलाई सम्मान गर्न जान्नुपर्थ्यो । तर विडम्बना स्कुलिङ गलत परेपछि घरको संस्कारले मात्र काम नगर्दोरहेछ । तपाईको अन्तर्वार्ता बाहिरिए देखि तपाईलाई प्रचण्डको हैसियतको बारेमा धेरैजनाले धेरै कुरा बताईसकेकाछन । म सबैले बताईसकेका बासी कुराहरुमा बताएर फजुल समय खर्चिन्न । आशा छ , तपाईले पनि बुझिसक्नुभयो होला ।

डियर कमरेड ,
तपाईका `बा´ केपि ओलिले किड्नी फेरेर आफ्नो आयु बढाए पनि चुनाव अघि जनतालाई झुठा आश्वासन र सपना देखाएर बनाएको हैसियतको आयु अब अढाई वर्ष मात्र छ । तपाईको `बा´ को भएको एक त्यान्द्रो हैसियत पनि तपाई छोरी र छोराहरु सुर्य थापा , महेश बस्नेत , गोकुल बास्कोटाहरु मिलेर बाग्मतिको ढलमा मिसाईसक्नु भयो । सक्नुहुन्छ र ओलि बाको भलो चाहानुहुन्छ भने तपाईहरु बालाई चिप्लो घसेर आफ्नो स्वार्थको लागि बालाई सर्वाङ्ग उदाङ्ग पार्ने काम काम बन्द गर्नुस् । हंग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भइसक्यो । जबसम्म तपाईहरु जस्ता अति परम प्रीय छोराछोरिहरु ओलि बाको साथमा रहनुहुनेछ , तबसम्म ओलि बाको हैसियत बढ्ने हैन । दिन दुईगुणा रात चारगुणा गरेर घट्नेछ/घटिरहेकोछ ।

र अन्तमा यो व्यवस्था ल्याउनमा तपाईको योगदान र तपाईको योग्यतालाई मापन गरेर भन्नुपर्दा तपाई वडा अध्यक्ष बन्ने हैसियत भएको मान्छे पनि होइन । `बा´ को चाँकडी गरेर पाएको अस्थायी विरासतमा घमण्ड नगर्नुस् । सक्नुहुन्छ र आफ्नो हैसियत छ भने आगामी चुनावमा प्रत्यक्ष चुनाव लडेर,जितेर आउनुस् । अन्यथा तपाईको हैसियत एउटा असल आमा/गृहिणी बन्न सक्ने बाहेक अरु केही देखिदैन । र जादाजादै फेरि एकपटक तपाईको गर्भ बाट जन्मिने बच्चा प्रचण्ड जस्तै निदर , साहसी , दुरदर्शि र तिक्ष्ण बुद्धि भएको जन्मियोस् । ताकी उस्ले उस्को पुस्ता हाक्न सकोस् । अग्रिम बधाई तथा शुभकामना !!!

उहीँ तपाईको शुभचिन्तक
कविराज बानिया `बेबि´
रोल्पा नेपाल
हाल – मध्य युरोप

08/05/2020

नबिना लामाजी, आउनुहोस् पाँच मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुहोस्

नबिना लामाजी, नमस्कार

तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु ।

नम्बर १, नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको प्रधानमन्त्री बन्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि १२ वर्षसम्म भूमिगत भएर जनयुद्ध सञ्चालन गर्नुभएको छ । विएस्सीसम्मको अध्ययन गर्नुभएको छ । चुनाव जितेको हालको सांसद पनि हुनुहुन्छ । हरेक बिहान दुई घण्टा कसरत गर्नुहुन्छ । यस्तो छ नबिना लामाजी प्रचण्डको हैसियत ।

नम्बर २, बरु तपाईँको हैसियतचाँही के हो नबिना लामाजी ? कहाँबाट चुनाव लड्नुभएको हो ? कति मत लिएर जित्नुभएको हो ? संसदमा कसरी छिर्नुभएको हो ? म यस्तो प्रश्न तपाईलाई गर्दिन । म यहाँ प्रश्न गर्न उपस्थित भएको हैन । जम्माजम्मी तपाईँ सांसद जस्तो मान्छेलाई पनि प्रचण्डको हैसियत थाहा नभएका कारण बुझाउन आएको हो । बुझे बुझ्नुहोस्, नबुझे थाहा नपाए जस्तो गर्नुहोस् ।

नम्बर ३, अचम्म के भने गणतन्त्र विरोधी, संविधानसभा बिरोधी, संघीयता विरोधी, समावेशी-समानुपातिक नेपाल विरोधी, धर्मनिरपेक्षका विरोधी, राजतन्त्र अन्त्यका विरोधीले प्रचण्डको हैसियतका बारेमा चासो राख्नु त स्वभाविक थियो, तर सयौं वर्षदेखि उत्पीडनमा परेको एउटा समुदायको समानुपातिक सांसदले प्रचण्डको हैसियतमाथि प्रश्न उठाएको देख्दा नरमाइलो लाग्यो । यो त 'सौतेनी आमालाई खुसी पार्न आफ्नै आमालाई पिटे' जस्तो भयो । नबिनाजी, प्रचण्ड तपाईँलाई सांसद बनाउने समावेशी-समानुपातिक एजेण्डाको जननी हो, आमा हो । के कुरा बुझ्नुभयो ?

नम्बर ४, नबिना लामाजी, तपाईँ सांसद भएर पनि कस्तो थाहा नपाएको गाँठे ! प्रचण्डको हैसियत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । प्रचण्डको हैसियत संविधानसभा हो। प्रचण्डको हैसियत संघीयता हो । प्रचण्डको हैसियत समावेशी नेपाल हो । प्रचण्डको हैसियत समानुपातिक राज्य हो । प्रचण्डको हैसियत धर्मनिरपेक्ष नेपाल हो । बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने को हो नबिनाजी ? गुलेली चलाएर संघीयता आउँदैन भन्ने पनि जान्नुभएकै होला ।

नम्बर ५, नबिनाजीलाई प्रचण्डको हैसियत थाहा छैन भनौ भने पनि समानुपातिक, समावेशी कोटाबाट सांसदको टिका लगाउनुभएको छ । उहाँले सोच्नुभएको होला, केपी ओलीबाले मलाई यो सांसदको पद छोरी समान मानेर दाइजो जस्तो उपहार दिनुभएको हो, त्यसैले बाको खातिरदारी गर्नुपर्छ। तर गलत नबिनाजी, गलत । यो समावेशी, समानुपातिक कोटा माग्दा हजारौले बलिदानी दिनुपरेको छ । समावेशी राज्य बनाउँदा हजुरका बाहरुले त देश टुक्रिन्छ पो भन्थे । तर, प्रचण्डले गोरु जस्तो जोतिएरै भए पनि उत्पीडनमा परेका समुदायको लागि समावेशी ब्यवस्था ल्याएरै छाडे । प्रचण्डको हैसियत तपाईँको पदसँग गाँसिएको छ। बुझ्नुभयो ?

नम्बर ६, प्रचण्डको हैसियत भनेको दुई–दुई ठाउँबाट चुनाव हारेका तत्कालीन एमाले नेता माधव कुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाउनु हो नबिना जी । किनकी उनीहरु फरक पार्टीका नेता त थिए तर समान उदेश्यका लागि हिँडिरहेका थिए । संसारमा यस्ता हैसियत भएका नेता बिरलै पाइन्छन्, जसले आफू आलोचना सहेरै भएपनि राजनीतिक सहयात्रीको गुण इमान्दारिताका साथ तिर्छ । त्यतिखेर सायद तपाई काभ्रेतिर मकै खन्दै हुनुहुन्थ्यो होला ।

नम्बर ७, प्रचण्ड प्रधानमन्त्रीको कारखाना त हैनन् तर पहिलो पटक पनि दोश्रो पटक पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको ठूलो भूमिका छ। त्यतिबेला चुनाव गठबन्धन बनेकाे थियो, एक्लै एमाले लडेको थिएन । यसकारण केपी ओलीको मुख हेरेर जनताले दुई तिहाई मत झण्डै दिए भन्नु दिवा सपना हो। अब पार्टी एकता कुन दु:खको साथ भएको थियो, पार्टी एकताको मूख्य बिरोधी को थियो त्यो वामदेव गौतमलाई थाहा होला, अनि अकास्मात अध्यादेश किन ल्याईयो त्यो तपाईँलाई नै थाहा होला। यस्ता नाथे पुराना कुरा गर्यो निशानीले भन्नुहोला नबिनाजी, तर मैले तपाईँलाई प्रचण्डकै हैसियत बुझाउन यस्सो छिर्के मात्र हानेको हो।

नम्बर ८, नबिना लामाजी, जतिखेर पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रको संखघोष गरेर जनतालाई युद्ध र आन्दोलनका लागि सार्वजनिक आह्वान गरेका थिए, ठीक त्यतिखेर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्दै गणतन्त्रको बिरोधमा दैनिकजसो भाषणबाजी गर्थे । गणतन्त्र बिरोधीहरुसँग चोचोमोचो मिलाउँदै आफूहरुलाई कम्युनिस्ट भन्ने तर व्यवहारमा बिग्रेका पञ्चायती मण्डलेभन्दा नि गुज्रिएको अभिव्यक्ति दिने गर्थे । तर पनि प्रचण्डले अनेक दुःखकष्ट सहेर, युद्ध आन्दोलनको फ्यूजन निर्माण गरेर गणतन्त्रको घोषणा गराइछाडे । हो यो हो प्रचण्डको हैसियत नबिना जी । गणतन्त्रको जग, गणतन्त्रको आधार, गणतन्त्रको मूलमर्म नै प्रचण्डको हैसियत हो ।

नम्बर ९, देशमा तानाशाहीहरुको थिचमिचो थियो । विभिन्न जात, धर्म, पेशा, वर्ण र समुदायका मानिसहरुमाथि विभेद थियो । देशमा अन्याय अत्याचार थियो । त्यो सबै सहन नसकेर प्रचण्डले संविधानसभाको कुरा गरे, राजतन्त्र अन्त्यको कुरा गरे, समानुपातिक, समावेशी, धर्म निरपेक्षता एजेण्डा उठाए । जसका निम्ति हजारौ शहीदहरुको बलिदानी हुनपर्यो । त्यतिखेर तपाईको 'बा’ केपी ओलीले गुलेली खेलाएर नयाँ संबिधान बन्दैन भन्नुभएको हो । तर जे खेलाएर भएपनि नयाँ संविधान बनेरै छाड्यो । अब तपाईँलाई यस्तो समावेशी नयाँ संविधानको अन्तिमसम्म बिरोधी को थियो, त्यो भनिरहनु परेन । अब तपाईँ आफै थाहा पाउनुहोस् प्रचण्डको हैसियत ।

नम्बर १०, नबिनाजी, जंगबहादुर राणाको समयदेखि यो भूमिमा चलिआएको ‘भोटे मासिने जाति-समुदाय’ तपाईँ तामाङको छोरी आज समावेशी कोटाबाट सिंहदरबार छिर्नुभएको छ । सांसद हुनुभएको छ । तपाईँलाई लागेको होला, आफू एकदम क्षमतावान भएर सांसद भएँ । अथवा यस्तो पनि लागेको होला मेलै राम्रो काम गरेकाले मलाई पार्टीले मूल्यांकन गर्यों । तर त्यस्तो केही हैन, त्यो भ्रम मात्र हो । विश्वास नलागे पूर्वमन्त्री शेरबहादुर तामाङलाई सोध्नुहोला । तपाईँ त प्रचण्ड विचारले लडेर ल्याएको राज्यमा समान प्रतिनिधित्व समावेशी तथा समानुपातिक कोटामा सांसद बन्नुभएको हो । यसका लागि तपाईँले प्रचण्ड र प्रचण्डको विचारलाई धन्यबाद दिनुपर्छ । ल धन्यबाद दिन सक्नुभएन, तर हैसियतमाथि प्रश्न नउठाउनुहोस् । किनकि, त्यो त लाजमर्दो हुन्छ । उत्पीडनमा परेकाहरुलाई समावेशी अधिकार दिँदा देश टुक्रिन्छ भन्ने मान्छे तपाईँको लागि राजनेता तर देश निर्माणको लागि समावेशी राज्य हुनुपर्छ भन्ने प्रचण्डको हैसियतमाथि प्रश्न ?

नम्बर ११, नबिनाजी तपाईलाई थाहा नै होला कि नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभएको छ । भोलि त्यो स्थानमा तपाई तपाईँ पनि पुग्नसक्नुपर्छ । तर आज हेर्नुहोस् गणतान्त्रिक नेपालमा हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । प्रचण्ड नेतृत्वमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । हुनसक्छ तपाईले पनि दुईचार वटा ढुंगा प्रहरीलाई हान्नुभएको होला । केही दिन सडकमा उफ्रिनुभएको पनि होला । त्यो गरे भन्दैमा प्रचण्डको हैसियत नै सोध्न भ्याएको ? यो त अति नै लज्जास्पद पो भयो । यो त बयलगाढा चढेर अमेरिका पुगे जस्तो पो भयो ।

नम्बर १२, नबिनाजी, इतिहास साँची नै छ। राजालाई पैसा चढाउन को–को गए र जान तयारी थिए भनेर । तर जतिसुकै चलखेल भएपनि जनयुद्धको जगमा अगाडि बढेको दोस्रो जनआन्दोलनपश्चात पुनः स्थापना भएको व्यवस्थापिका संसद्ले २०६३ जेठ ४ गते ‘संसद्को घोषणा’ जारी गरेको थियो । जसले निरंकुश राजतन्त्रका सबै प्रचलन र परम्परा हटाउँदै राजाका विशेषाधिकारसमेत निलम्बन गरेको थियो । श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’ लेख्ने, शाही नेपाली सेनालाई ‘नेपाली सेना’ बनाउने, राष्ट्रिय गान फेर्ने निर्णय गरेको थियो । तपाईँलाई थाहा छ नबिनाजी, यस्ता निर्णयहरुको ‘डिजाइन’ प्रचण्डले गरेका थिए । तपाईँ प्रचण्डको हैसियत सोध्नुहुन्छ ?

नम्बर १३, तपाईँ प्रचण्डको अर्को हैसियत पनि जान्नुहोस् नबिनाजी, कि तपाईका बा’हरुले अन्तिमसम्म बिरोध गरेको, सकभर घोषणा नगर्न षड्यन्त्र गरिरहेको संविधानसभाले गणतन्त्र घोषणा गर्दा १५ दिनभित्र तत्कालीन राजालाई नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो । जेठ २९ गते राजाले नारायणहिटी छाडेपछि नारायणहिटी दरबार सर्वसाधारणका लागि खुला भयो । मूलभूत रुपमा जनयुद्ध र जनआन्दोलन अनि प्रचण्डको विचारका कारण २७० वर्षदेखि राज गर्दै आएको राजतन्त्रको अन्त्येष्टि भयो । नबिनाजी, आज तपाईँ भन्नुहुन्छ, प्रधानमन्त्री ओलीलाई केही माईकालालले राजीनामा गराउन सक्दैन । यति मात्रै भनेको भए त हुन्थ्यो नि, प्रचण्डको हैसियत पनि सोध्नुहुन्छ । प्रचण्डको हैसियत के हो, जानुहोस् पूर्वराजा ज्ञानेन्द्रलाई सोध्नुहोस् ।

नम्बर १४, नबिनाजी, मैले सुरुमा पनि भनेकि, यो राज्यलाई समावेशी, समानुपातिक बनाउनुमा प्रचण्डको ठूलो हात छ । प्रचण्ड विचारको योगदान छ । हाम्रो देश नेपाल हिजोसम्म सयौँ फूलहरु मिलेर बनेको थियो तर राज्यमा ती फूलहरु फुल्न पाएका थिएनन् । यो वा त्यो बहानामा विभिन्न जातजाति, धर्महरु उत्पीडनमा परेका थिए । तर प्रचण्डले गणतन्त्र नेपालका परिकल्पना गरे । आज नेपालको संविधान २०७२ को भाग १ को ३ र ४ मा भनेको नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेको देशका रुपमा स्वीकार गरिएको छ । र, यिनै स्वीकारहरुमा प्रचण्डको हैसियत घाम जस्तै छर्लंग देखिएको छ ।

बरु तपाईँले प्रचण्डको जस्तै हैसियत कहिले बनाउने हो नबिनाजी ? कि केपी ओलीबाकै चाकडी गरेर जीवन बिताउने हो ?

दिल निशानी मगर

08/05/2020

मुहार फेर्दै गरेको भुटान,,

बिश्वमा कोरोना असरलाई अगाडी बढ्न नदिने सफल राष्ट्र भुटान भएको छ। एक महिना अगाडी देखि त्यहाँ संक्रमित संख्या बढ्न सकेका छैनन्। हालसम्म ७ जना संक्रमित भएको भुटानमा ५ जना निको भएर घर गैसकेका छन् भने उपचाररत २ जना मात्रै छन्। भुटान नेतृत्वले कोरोना भयावह हुन नदिन कुनै कसुर बाकी राखेको छैन। सरकारको काम व्यबहारले जनता सन्तुष्ट भएको प्रतिबेदनहरु आइरहेका छन्।
साच्चै देशको स्थिति राम्रो हुने नेतृत्वलेनै रहेछ। भुटानको सत्तामा नयाँ नेतृत्व आएपछी भुटानले मुहार फेर्न शुरु गरिसकेको छ। भारतको तरकारीलाई पुर्ण रुपले प्रतिबन्ध लगाएर राम्रो कामको शुरूवात गरेको भुटान नेतृत्व सधैं देश र जनताकै लागी लागिरहेको छ। भुटानमा भैरहेको अपराध र भ्रष्टाचार पनि उल्लेखनीय रुपमा कम हुँदै गएको छ।
साच्चै यता हाम्रा सत्तामा रहेका र सत्तालाई पर्खिरहेका कुरौटे, भरौटे, बेकामे, बेइमानी, सत्ताभोगी र सत्तारोगीहरु सदाको लागी राजनीति र सत्ताबाट बिदा भएर राम्रो नेतृत्व आउन सके नेपाल र नेपालीले पनि भुटानजस्तै मुहार फेर्न थाल्थिम होला है।
-चीनले राम्रो नेतृत्व पायो,
-पाकिस्तानले राम्रो नेतृत्व पायो,
-भारतले राम्रो नेतृत्व पायो,
दक्षिण कोरियाले राम्रो नेतृत्व पायो, बंगलादेशले पनि लगभग पहिलेहरु भन्दा राम्रै नेतृत्व पायो,
तेस्तै अन्य मुलुकहरुले राम्रो नेतृत्व पाएर देशले मुहार फेर्न थालेका छन्।
तर हामिले गतिलो नेतृत्व कहिले पाउने?
कहिलेसम्म कुरौटे र बेइमानीहरुलाई सत्तामा राखेर अभाव र पिडा भोग्ने?
साच्चै सोच्ने समय पनि ढिलो भैसकेको छ।

08/05/2020

अनि मात्र घुर्की लाउ नत्र राजिनामा दिएर घर जाउ।


नोक्सानिको दायित्व सरकार ले मात्र बोक्ने हो भने कर बढ्छ = अर्थमन्त्री खतिवडा!

त्यसो हो भने,
*प्रदेश संरचना खारेज गर ।
*मन्त्रीमण्डल सानाे र चुस्त बनाउ ।
*समानुपातिक सांसदहरू खारेज गर ।
*राष्ट्रिय सभा स्थगित गर ।
*सांसद, मन्त्री हरु लाई "नाे वर्क नाे पे" लागू गर ।
*सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत उच्चपदस्थ व्यक्तिको सुविधा घटाउ ।
*भुपु भिआईपी हरुकाे सुविधा घटाउ ।
* जनतालाई उत्पादनमुखी तालिम देउ ।
*शिक्षा, स्वास्थ्य र कृषिमा मात्रै विशेष जाेड दिएर बजेट ल्याउ।
*वितरणमुखी बजेटकाे अन्त्य गर ।
*अनावश्यक संवैधानिक आयाेग हरु खारेज गर ।
* सरकारी गाडी खरिद स्थगित गर ।
* कृषक का उत्पादन जिम्मा लेउ ।
*नितिगत भ्रष्टाचार काे अन्त्य गर ।
*हालसम्म बाहिरिएका सबै भ्रष्टाचारका काण्डमा निष्पक्ष छानबिन गर ।
"""अनि मात्रै जनता लाई घुर्की लगाउ ।"""
#साभार
मैले त आफ्नाे वालमा पाेष्ट गरे,अनि तपाईंले नि?
कृपया नछुट्नुस है,कर बढाउने भन्दैछन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य, पुर्ब गृहमन्त्री तथा रुकुमेली जनताका आशाका धरोहर आदरणीय नेता जनार...
08/05/2020

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य, पुर्ब गृहमन्त्री तथा रुकुमेली जनताका आशाका धरोहर आदरणीय नेता जनार्दन शर्मा क. प्रभाकर लाई जन्मउत्सबको असिम शुभकामना ✊✊✊✊

Address

आउनुहोस रमाइला कुरा सङगै मेरो पेजमा स्वागद छ
Riyadh

Telephone

+966542054869

Website

Alerts

Be the first to know and let us send you an email when Bimarsan oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share