19/08/2016
आजबाट ह्याप्पी साइन्सका संस्थापक ¥युहो ओकावा को पुस्तक बृहत सोच ( Think BIG ) भन्ने पुस्तक पढ्न थालेको थिएँ साह्रै राम्रो लाग्यो र यो कुराहरु बाँडचुँड गर्न मन लाग्यो ।
तपाईसँग कुनै सपना छैन भने संभवतः तपाईले आफ्नो भविष्य उज्ज्वल बनाउनै पनि सक्नुहुन्न ।
तपाईसँग कुनै सपना छैन भने आफ्नो भविष्य बारे तपाईले केहि सोच्नुभएकै छैन ।
आदर्शको सोचले नै त तपाईलाई माथि उठाउछ । आफूलाई कुनै आदर्शविना पाउनुहुन्छ भने एउटा सपना तय गरिहाल्नुहोस् र त्यसका आधारमा आफ्नो भविष्य निर्माणमा निरन्तर लागि नै राख्नुहोस् ।
हाम्रो जम्काभेट राम्रा विचारहरुसँग हुँदै जान्छ कि नराम्रा विचारहरुसँग भन्ने पक्षसमेतले हाम्रो भविष्यको वाटो तयार गर्छ । नकरात्मक असर गर्ने विचारहरु मात्र भेट्यौं भने हामी गलत निर्णयहरु गर्न पुग्छौं, जसले जीवन बडो कष्टमा बदलिदिन्छन् किनभने जानीनजानी हामीले आफ्नो मस्तिष्कमा भएका विचार र प्रभावलाई नै त व्यावहारमा उतारिरहेका हुन्छौं