22/03/2024
गुरु पद्मसम्भवको जीवनी!
डाकिनी येशे छोग्यालले लेख्नु भएको र निधि प्रकाशक ञ्याङ् ञिमा होस्हेर द्वारा उद्घाटित गर्नु भएको गुरु पद्मसम्भवको “शाङ्लिङ्मा नाम्थर” नेपालीमा अनुवादक खेन्पो Tshultirm Rabgye Jitlal Tamang कै हातबाट प्राप्त गर्ने अवसर शनिबार जुर्यो। जीवनी मात्र नभइकन पद्मसम्भवले वर्तमान समयको लागि भनेर दिनु भएको उपदेश सहितको यस पुस्तक श्रद्धेय Chogyal Rinpoche को Nepal Buddhist News ले यस किताब प्रकाशनमा ल्याएको हो। सम्पादक Tika Sherpa सर, बौद्ध विद्वान द्वय Punya Parajuli सर र Basanta Maharjan सर सँगै मैले पनि यो पुस्तक प्राप्त गरें। पुस्तकलाई आकार दिनको लागि मिहेनत गर्नु भएका पर्दा पछाडिका सबैलाई साधुवाद।