Shruti Sambeg

Shruti Sambeg नेपाली उपन्यास वाचनको परम्परा । २०५७ सालदेखि निरन्तर वाचन । श्रुति संवेग (रेडियो वाचन)

COMING SOON चाँडै आउँदैछ ..प्रतीक्षा गर्नुहोस् !!
22/02/2026

COMING SOON चाँडै आउँदैछ ..
प्रतीक्षा गर्नुहोस् !!

16/07/2025
सबैलाई पीर उस्तै त हो निजिन्दगी आखिर उस्तै त हो निआज दिउँसो सर्वनाम थियटरमा सम्पन्न छायाँदेवी चेतनाथ गजल पुरस्कार वितरणक...
30/10/2024

सबैलाई पीर उस्तै त हो नि
जिन्दगी आखिर उस्तै त हो नि

आज दिउँसो सर्वनाम थियटरमा सम्पन्न छायाँदेवी चेतनाथ गजल पुरस्कार वितरणको सानो भिडियो अंश हेरौं

अग्रज गजलकार ललिजन रावलसँगको कुराकानी सुनौं ।आज  #बुलबुल को १० औं अंक
30/10/2024

अग्रज गजलकार ललिजन रावलसँगको कुराकानी सुनौं ।

आज #बुलबुल को १० औं अंक

ुलबुल – एउटा इरानी चरा । BULBUL - EUTA IRANI CHARA [Episode-10] P...

हिजो बेलुकी प्रसारण भएको अडियो कार्यक्रम बुलबुल (अंक-९) को धेरैले प्रशंसा गर्नुभयो । हिजो प्रसारित बुलबुलमा समावेश गरिएक...
24/10/2024

हिजो बेलुकी प्रसारण भएको अडियो कार्यक्रम बुलबुल (अंक-९) को धेरैले प्रशंसा गर्नुभयो । हिजो प्रसारित बुलबुलमा समावेश गरिएको 'गजलामृत' को पूरा कार्यक्रम हेर्नका लागि केही शुभचिन्तकहरुले link मागिरहनुभएको छ । गजलामृत श्रृंखला-१ को पूरा भिडियो तलको link बाट हेर्न सक्नुहुन्छ । अहिले बिहान १० बजेपछि प्रेमियर शुरु हुने भिडियोको मुनि विवरण हेरेर तपाईंले आफूले चाहेको श्रष्टाको मन्तव्य वा गजल वाचन मात्रै पनि हेर्न सक्नुहुन्छ । त्यसका लागि हामीले छुट्याएर नामसहित, समय विवरण दिएका छौं । समय विवरणको निलो अक्षरमा click गरेपछि आफूले चाहेको सर्जकको रचना सुन्न र हेर्न सकिन्छ ।

ारहरू ज्ञानुवाकर पौडेल, ध्रुव मधिकर्मी, दिव्य गिरी, धीरेन्...

नियमित समय भन्दा १५ मिनेट ढिलो गरी अब  #बुलबुल को नवौं अंक प्रेमियर शुरु भएको छ । आउनुस् प्यारा बुलबुलियनहरु युट्यबको नज...
23/10/2024

नियमित समय भन्दा १५ मिनेट ढिलो गरी अब #बुलबुल को नवौं अंक प्रेमियर शुरु भएको छ । आउनुस् प्यारा बुलबुलियनहरु युट्यबको नजिक नजिक आउनुस् !! :)

ुलबुल – एउटा इरानी चरा । BULBUL - EUTA IRANI CHARA [Episode-9] Pr...

20/10/2024

ठिक यतिबेला, यो वर्षको पहिलो घाम तापेर आङ तताएको दिन आज । मिठो हुन थालेछ अब घाम । कुन्साङ काकाका कथा श्रृंखलाका लागि खगेन्द्र संग्रौलाको दुई वटा कथा पढिसकेपछिको अनुभूति । शहरी कल्याङमल्याङकै बिच स्टुडियोबाट निस्केर कौसीमा बस्दा चराहरुको चिरबिरसँगै कुन्साङ काकाको स्याल पात्र शृंङ्गाल र खिर्रो पनि त्यहीँ आइपुग्ला जस्तो यामान्को भाको छ मन डरले ! दुई हप्तै अघि त हो नि, बेस्सरी गर्मी भएर पंखा नामको जिनिस चलाएको । अब त शरद फुत्तै आइपुगेछ दशैंलाई बिदा गरेर । 'के भनौं ?' भनेर फेसबुकको प्रोफाइल फोटोसँगै राखेको क्याप्सनमा ठिक यतिबेलै धेरैले सोधिरहेछन् – के भन्न मन छ भनेर ?
म आफैंलाई थाहा छैन, के भन्न मन छ । कसलाई सोधुँ ?

14/10/2024

Samjhi Baschhu Kata Kata...

11/10/2024

कामका चटारो बढेका बेला दशैं मनाउने पनि काम गरेरै हो । आजको दिन मज्जाले रेकर्डिङ गरेरै बित्यो । एकजना साथीले फोनमा भन्नुभयो – "युट्युब त हो नि नभनी हरेक दिनको वाचन ल्याइरहनुभएको छ तपाईंले, यो हो नि तरिका, तपाईंको दिनदिनैको मिहिनेत देखेर मलाई दशैंकाबिच पनि एकदिन नसुनी बस्न मन छैन !"
उहाँका शब्दले अल्छी गर्नै दिएको छैन, झन् धेरै जाँगर दिएको छ दिनभरिलाई । अब चाहिँ एकैछिन बिसाउँछु र दशैंको रमाइलो गर्ने हो ।

आज जानु काम्बाङ लिम्बुको नियात्रा - "तीस वर्षमा माइत गाउँ"
भोलि खगेन्द्र संग्रौलाको कथा - "सेतेको संसार"
दुवै प्रसारणको समय बेलुकी ८ बजे । च्यानल - SHRUTI SAMBEG

कुन्साङ काकाका कथा श्रृंखलामा आज बुधबारको दोस्रो कथा छ – बुढो र छोरो । अहिले बेलुकी ८ बजे प्रेमियर गर्दैछु ।बेलुकी सवा न...
09/10/2024

कुन्साङ काकाका कथा श्रृंखलामा आज बुधबारको दोस्रो कथा छ – बुढो र छोरो । अहिले बेलुकी ८ बजे प्रेमियर गर्दैछु ।

बेलुकी सवा नौ बजेपछि कार्यक्रम बुलबुल को समय रहनेछ । आज विभिन्न देश अमेरिका (ह्यारिसबर्ग), जापान, भारत, युनाइटेड अरब इमिरेट्स, कतार, दक्षिण कोरिया, क्यालिफोर्निया र अष्ट्रेलियाबाट गजलकारहरुलाई बुलबुल कम्युनिकेसनको स्टुडियोमा जोड्नेछु । दशैं ती ठाउँहरुमा कसरी मनाइँदैछ ? उहाँहरुसँगको कुराकाकानी र गजल पनि सुन्न सकिनेछ ।

09/10/2024

आज बुधबार । 'बुलबुल' बार । अब त बुलबुल बार मात्रै भनेर पुग्दैन । 'कुन्साङ काका' बार पनि भने हुन्छ । बेलुकी ८ बजे च्यानल Shruti Sambeg मा कुन्साङ काकाका कथा श्रृंखला अन्तर्गत (आज दोस्रो कथा - बुढो र छोरो) सुनाउनेछु ।
त्यसपछि राती सवा नौ बजे #बुलबुल को समय । आजको #बुलबुल विशेष रहनेछ । #दशैं_विशेष । सन् २०१४ पछि आजै यो खालको #बुलबुल तयार गरेको छु । त्यो बेला कमजोर इन्टरनेटका कारण विदेशमा बस्ने नेपाली गजलकारहरुलाई जोड्न मलाई धेरै सकस परेको थियो । अहिले त सहज इन्टरनेट छ । विदेशमा छरिएर रहेका गजलकारहरुसँग उहाँहरुको दशैं कस्तो हुँदैछ ? कुरा सुन्दै गजल सुन्छौं हामी । बुलबुल सुन्ने च्यानल Nepali Chhapro

Address

Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

009779863448573

Website

Alerts

Be the first to know and let us send you an email when Shruti Sambeg posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share