Second Hand Nepali Books1

Second Hand Nepali Books1 पुस्तकको पुन प्रयोग । नेपाली पुस्तकहरुको अनलाइन विक्री

16/05/2023

गजललाई भाषिक, संरचनागत र दार्शनिक सबै दृष्टिले गम्भीरताका साथ लिने सर्जककाे नाम हाे भरत पाैडेल । गजल साैन्दर्यशास्त्रका अध्येता भरत पाैडेलका गजल प्रेम, विश्वास, याद, आस्था र समर्पणजस्ता हृदयसंवेद्य भावहरूबाट अनुप्राणित छन् र बडाे मुलायम र सूक्तिमय अभिव्यक्तिकाे जगमा उभिएका छन् । उनकाे दाेस्राे गजल-सङ्ग्रह "याद" पेज टर्नरबाट प्रकाशित हुँदैछ । कृपया प्रतीक्षा गर्नुहाेला ।

10/05/2023

गजलका पारखीहरूलाई थाहै छ— लोकेन्द्र बञ्जारा आफ्नो छुट्टै ‘अन्दाज’ र पृथक् दृष्टिसहित गजलको फाँटमा प्रस्ट आभा लिएर उभिएका प्रतिभा हुन् । उनी गजलका शास्त्रीय मान्यता र लोकमतले संशोधन गरेका नवीन प्रयोगहरूका सुन्दर दोभान हुन् । उनका गजलका शेरहरू सूक्तिजस्ता लाग्छन् र हाम्रै अनुभव र अनुभूतिको बिचैबिच एउटा बलियो प्रवाह बनेर बग्छन् । जीवन र जगत, आफू र अन्य, केन्द्र र परिधि, प्रेम र घृणा तथा साथ र आघातजस्ता अनेक द्विचरहरू बीच उभिएका उनका प्रायः सबै गजल गेयात्मक छन्, किनकि ती गीतको कोमलता बोकेर उभिएका छन् । उनै प्रतिभाशाली गजलकार लोकेन्द्र बञ्जाराको गजल–सङ्ग्रह ‘पलक’ लाई पेज टर्नर प्रा.लि.ले यही जेठ महिनाभित्र बजारमा ल्याउँदैछ । आज उक्त सङ्ग्रहको कभर सार्वजनिक गरेका छौँ । कृपया प्रतीक्षा गर्नुहोला । कभर कल्पनाः भरत सरकार ।

10/01/2017

पुस्तकको पुनप्रयोगको लागि । आफुले पढिसकेका पुस्तकहरु किनबेच तथा उपहार दिनको सक्नुहुन्छ ।

Address

Bagbazar
Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when Second Hand Nepali Books1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category