06/12/2020
यस ग्याजेट एण्ड गिजमोज ट्रेडर्स प्रा.लि. द्वारा चन्द्रागिरि नगरपालिका अन्तर्गत पर्ने कलंकी ढुङ्गेअड्डादेखि नागढुङ्गा पिप्लामोड सडक खण्डमा १७ कि.मि. अप्टिकल फाईबर तथा आवश्यक उपकरणहरू सहित अत्याधुनिक प्रविधियुक्त ६८ वटा सिसिटिभि क्यामेरा जडान कार्य सम्पन्न भएको छ,
विश्वस्तरीय Uniview ब्राण्डका १० थान 4 Mega Pixel PTZ Camera, ५८ थान Ultra 4k Bullet Camera लगायतका अन्य उपकरणहरु प्रथम चरणमा जडान गरी सफलतापुर्बक संचालनमा आएको सिसिटिभि सिस्टम चन्द्रागिरि नगरपालिकाबाट महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल मार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई मिति २०७७ मङ्सिर १२ गते एक भब्य कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ,
यस ग्याजेट एण्ड गिजमोज ट्रेडर्स प्रा. लि. को कार्य-दक्षताको एबं कार्य अनुभब उचित मुल्यांकन गर्दै अति सम्बेदनशील क्षेत्रमा सिसिटिभी जडानको जिम्मेवारी सुम्पनुहुने चन्द्रागिरी नगरपालिकाका सम्पूर्ण महानुभावहरु, जडान कार्यका लागि सहजीकरण एबं निर्देशन प्रदान गर्नुहुने म.न.प्र. वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ ज्यु, नगरपालिकाका तर्फ बाट खटिनुभएका प्राबिधिक ज्यु हरु लाई हार्दिक धन्यबाद ज्ञापन गर्दछौ | साथै उक्त उद्घाटन एबं हस्तान्तरण कार्यक्रम मार्फत यस कम्पनीले गरेको जडान कार्यको प्रशंशा गरिदिनुहुने प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलज्यु , विशिष्ट अतिथ महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहज्यु, विशिष्ट अतिथि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईज्यू, चन्द्रागिरि नगरपालिकाका उप-मेयर लिशा नकर्मीज्यु एबं बिशेष रुपमा प्रशंशा गर्दै थप हौशला प्रदान गर्नुहुने चन्द्रागिरि नगरपालिकाका आदरणीय मेयर घनश्याम गिरीज्यु लाई बिशेष धन्यबाद ज्ञापन गर्दछौ |
साथै यस आयोजना सम्पन्न गर्नका लागि प्राबिधिक सहयोग गर्नुहुने Hi Tech I. T. Solutions को सम्पूर्ण टिम, यस कम्पनीका सम्पूर्ण प्राबिधिक एबं कर्मचारीहरु एबं अन्य सम्बद्ध सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ |