Jhakku D.C

Jhakku D.C पराईले एक बार रुवाउछ अनि सिकाएर जान्छ तर आफन्तले बाबार रुवाउछन

यात्रा गर्दै जानुस यात्रीहरु धेरै भेटिन्छन । कसैले सहि बाटो देखाउछन कसैले गलत, तर गलत बाटो देखाउने सबैको नियत खराब पनि ह...
22/04/2023

यात्रा गर्दै जानुस यात्रीहरु धेरै भेटिन्छन । कसैले सहि बाटो देखाउछन कसैले गलत, तर गलत बाटो देखाउने सबैको नियत खराब पनि हुदैन ।

10/06/2020
22/11/2017

our production

11/03/2017

उदेश्य बीनाको कुनै,काम हुदैन,
गलत कामको राम्रो परीणाम हुदैन।
नामसंगग काम हुन्छ कामसंग नाम,
अधुरो कामको कुनै, नाम हुदैन।

02/03/2017

फरवार्ड गर्नलाई हामिसङ्ग धेरै कुराहरू छन् तर तेहि कुरा आफ्नै habit and action मा छैन ।
।।।।।।।।।।।।।
फेसबुक वालमा हामी बाट धेरै राम्रा राम्रा बिचारहरु आउने गर्छन्। कुरा गर्छौ हामी महान व्यक्तिका, यसो बिचार गर्दा त यस्तो लाग्छ मानौ दुनिया चलाउने मान्छे हो कि जस्तो, तर वास्तवमा आफुलाई चलाउन मुस्किल भएको हुन्छ। कुरा एकातिर काम अर्कोतिर हुन्छ।
किन????
किनकी हामी फरवार्ड छौँ । मान्छेलाई प्रेरणाको जरुरत हुन्छ उक्त, प्रेरणा स्वरुप कहि कतैबाट आएको बिचार लाई फरवार्ड गर्‍यो भने साथिलाइ कस्तो लाग्ला? like कति आउला? भन्ने कुरामा सारा दिमाग खर्च हुन्छ। कोलाइ के लाग्ला भन्दा पनि मलाई कस्तो लाग्यो, यो कस्तो बिचार हो? यसले कस्तो उदेश्य बोकेको छ? मलाई के फाइदा हुनसक्छ? म कसरी परिबर्तन हुनसक्छु? भन्ने तिर दिमाग जादैन।
।।।।।।।।।
यस्को मत्लब बिचर आदानप्रदान नगर्नुस् भन्ने पनि होइन। पहिला आफुले in गरेपछि जो out हुन्छ, त्यो आफ्नो अनुभव हो। तेसलाइ share गर्नु पर्छ।
भन्नुको मत्लब...
कहिँ कतैबाट आएको बिचरलाइ पहिला आफू खाउ त्यसपछि जो re- actions आउछ त्यस् लाई फरवार्ड गर। किनकी, क्षमता भन्दा ठूलो कुरा गर्न सुहाउदैन । मलाई सबै कुरा थाहा छ, तर गर्न केहिपनी सकेन भनेर जिन्दगी जिउनुको के अर्थ?
जानकारिले केवल घमण्ड र लालच उत्पादन गर्छ। तर अनुभवले, त्यो अनुकुलता उत्पादन गर्छ, जो काम र परिणाम दुबै लाई चाहिन्छ ।

हामिलाइ मन परेको मान्छे, जस्तो कि, आफ्नो प्रेमी प्रेमिका, जीवन साथी सधैभरी खुशी रहोस्, उसलाई कुनै पनि दुख नपरोस् । उसको ...
01/02/2017

हामिलाइ मन परेको मान्छे, जस्तो कि, आफ्नो प्रेमी प्रेमिका, जीवन साथी सधैभरी खुशी रहोस्, उसलाई कुनै पनि दुख नपरोस् । उसको सबै समस्या मलाई भोग्न परोस् भन्ने हामी सबैजना चाहान्छौ होइन?
तर,
हामिले सोचे जस्तो नहुन पनि सक्छ? उ हामिबाटै खुशी नभएको पनि हुनसक्छ? अत: हाम्रै कारण उसलाई अझै कष्ट भएको पनि त हुनसक्छ ? कतै नचाहादा नचाहदै हामी नै उसको बोझ बनेको पनि हुनसक्छ।
यस्तो समयमा उसको अनुकुलता अनुसारको हामी नभएर कुनै अरु व्यक्ती हुन्छ, र आफ्नो खुशीको लागी हामिलाइ त्यागेर अरु मान्छेसँग जान्छ भने, हामी के गर्छौं ?
पुलिस केस
भद्र भलाद्मी
अड्डा अदालत
गुण्डा, पावर
यसरी कानुनको साहारा लिएर अनेक विधि लागाउने गर्छौं भने, के माथी भनेअनुसार उसको खुशी चाहाने मान्छे हो भन्न सुहाउछ होला त? मैले यो प्रश्न लगाउदा तपाईं सोच्न सक्नुहुन्छ होला कि, उसले मेरो खुशी चाहादैन भने मैले किन उसको भलो चाहाने? उसले मलाई बेसाहारा बनाउछ भने मैले किन छोड्ने? यस्तै उत्तर आउन सक्छ।
तर एउटा कुरा सथी,
आफुले दियो भने दुख!पनि सुख, अरुले दिएको सुख पनि दुख सोच्ने हो भने हामी आफ्नो मुल्यांकन आफै गर्न जरुरी छ।
हामिलाइ याद हुन पर्छ कि, साचो प्रेमको घर नीति नियमले होइन, अनुकुलताले खुशी र सुखी हुन्छ। र आफ्नो मान्छेले त्यो अनुकुलता नपाएर हामिलाइ छोडेर जान्छ भने पनि हामी हासी हासी यो भन्न सक्नु पर्छ कि,
उ मेरो मनको मान्छे थियो र आज पनि हो । म सधै उसको खुशी चाहान्थे र चाहान्छु पनि यदि मेरो मनको साथी म बाट खुशी छैन भने ठिक छ । उ जाहा रहोस् खुशी रहोस् । म सधै उसको खुशिमै खुशी रहने छु। अनि पो सचो माया गर्नुको मजा आउँछ त, न त नपाउला भन्ने डर न त गुमाउने डर,
अक्सर यस्तो मान्छेलाई समाजले कायरको नाम दिन सक्छ। के फरक पर्छ त? life समाजको होइन नि तेसैले, समाज ले के भन्ला भन्दा पनि reality के होला तिर ध्यान दिने हो कि?

मान्छेको भिडमा मान्छे, पशुको भिडमा पशु।         दुनियाँ आफ्नो आफ्नो,हजारौं पशुको भिडमा राजा एउटै हुन्छ।             * कस...
05/01/2017

मान्छेको भिडमा मान्छे, पशुको भिडमा पशु।
दुनियाँ आफ्नो आफ्नो,
हजारौं पशुको भिडमा राजा एउटै हुन्छ।
* कसरी ?
:- बल लडायर,
अब, सवाल आउँछ मान्छेको:-
के तपाईं पनि हजारौं मान्छेको भिडमा एउटा रजा बन्न चाहानुहुन्छ?
तर कसरी ?
:- बुद्धि लडायर,
तपाईं पनि बल लडाउनु हुन्छ भने, तपाईं र त्यो गोरुमा केही फरक हुन्छ होलार? यदि सर्बश्रेस्ठ प्राणिको सहि पहिचान दिएर साहान्दार जिन्दगी जिउन चहानुहुन्छ भने, सकारात्मक बुद्धि लडाउनुस।
इच्छाअनुसार,
नकारात्मक बुद्धि पनि लगाउन सक्नुहुन्छ तर परिणामले तपाईंलाई नै खोजनेछ। बाकी...

01/01/2017

गरिबको खुट्टा तान्ने अरु कोहि हुदैन, कोहि अर्को गरिब नै हुन्छ।
तेस्तै,
धनिको खुट्टा धनिले काट्छ भने नेताको खुट्टा पनि कुनै अर्को नेताले नै काटेको हुन्छ।
यसरी,
यो दुनियामा लडाइ सबैजना लड्ने गर्छन् । जो हिजोपनी चलेको थियो, आजपनी चल्दैछ र भोलिपनी चल्नेछ।
तर,
सबै कुरा समय अनुसार भएको राम्रो हुन्छ। तेसैले आज जस्ले समयलाई बुझेकाछन उनीहरुको बिचार लड्ने गर्दछ। जो अलि पछि छन् उनिहरु body लडाउने गर्दछन, जो हामी दिनहु रुपमा देख्ने गर्दछौं। र जो अझै 3rd class का छन्, तिनीहरु आवाज लडाउने गर्दछन, उनिहरुसङ्ग न त body लडाउने हिम्मत हुन्छ न त समयअनुकुल बिचार नै,
बाकी
तपाईंको लडाइ तपाईं आफै लडनु पर्नेछ ...

Address

Kathmandu

Telephone

+9779862402428

Website

Alerts

Be the first to know and let us send you an email when Jhakku D.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhakku D.C:

Share