05/06/2026
विश्व वातावरण दिवसकाे उपलक्ष्यमा बालबालिकाका लागि वातावरण र प्रकृतिप्रतिको चेतना जगाउने दुई उत्कृष्ट पुस्तक ।
एकता बुक्सद्वारा प्रकाशित "रुख हाम्रो मित्र" (बालकथा) र "हाम्रो वातावरण" (बालगीत सङ्ग्रह) बालबालिकामा वातावरणीय सचेतना, प्रकृतिप्रेम र संरक्षणको भावना विकास गर्ने महत्त्वपूर्ण कृतिहरू हुन्।
"हाम्रो वातावरण" बालगीत सङ्ग्रहमा वनविनाश, बाढी–पहिरो, प्रदूषणजस्ता समस्याहरू तथा तिनले मानव जीवनमा पारेका असरहरूलाई सरल र गीतिमय शैलीमा प्रस्तुत गरिएको छ। साथै, यस्ता समस्याबाट जोगिन हामीले गर्नुपर्ने प्रयास र जिम्मेवारीबारे पनि बालबालिकालाई सहज रूपमा सन्देश दिइएको छ।
"रुख हाम्रो मित्र" बालकथाले रुखको महत्त्वलाई रोचक ढङ्गले उजागर गरेको छ। रुखले हामीलाई शीतलता, जीवनका लागि अपरिहार्य अक्सिजन, चराचुरुङ्गीलाई गुँड, पशुपन्छीलाई आहार, खाना पकाउन तथा जाडोमा न्यानो हुन दाउरा, स्वादिला फलफूल र स्वास्थ्यका लागि उपयोगी जडीबुटी प्रदान गर्छ। रुख बहुउपयोगी भएकाले केवल रुखबाट आशा मात्र नगरी आफ्नै घर, करेसाबारी र वरपर रुख रोप्नुपर्छ भन्ने प्रेरणादायी सन्देश यस कथाले दिन्छ।
👉️थप जानकारीका लागि हामीलाई DM वा 📞 WhatsApp मा 974-5619760 मा सम्पर्क गर्नुहाेस।
#वातावरणसंरक्षण #रुखरोपौं
#हरियालीनेपाल #बालसाहित्य #पुस्तकप्रेमी
EKTA Books