30/08/2020
🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨 🚨
अत्यन्तै जरुरी सुचना! 📣📣📣📣📣
धरान वडा नम्बर १७ कार्यालयको अत्यन्त जरुरी सुचना! 📣📣📣
समाचारमा जानकारी भए अनुसार धरान १७का एकै परिवारका दुई जना सदस्यहरुको आज बिहान मृत्यु भएको छ। दुवै जनामा दिर्घाकालिन रोग भएको र केही समय अघी उच्च ज्वरो, श्वास प्रश्वासमा कठिनाई र खोकी लागेको र पि सि आर टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको जानकारी आएकोछ।
र परिवारका अन्य सदस्यहरुमा पनि ज्वरो, रुघा खोकी जस्ता लक्षणहरु देखिएकोले कोरोना भाईरसको संक्रमण हुन सक्ने र अन्यलाई पनि सरेको हुन सक्ने आशंका भएकोले उनिहरुको पि सि आर टेस्टका लागि स्वाब संकलन गरिएको जानकारी आएकोछ। त्यसैले रेलवे चोक र वरी परीको स्थानहरु शिल गरिएकोछ र आजै बाट भाद्र २१ गते सम्म कसैलाई पनि घर बाट बाहिर ननिस्कन र कोरोना भाईरसको संक्रमणलाई न्युनिकरण गर्न सावधानी अपनाउन अनुरोध गरिएकोछ।
त्यस्तै यदी कसैलाई ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने तथा श्वास प्रस्वासमा समस्या आएमा तुरुन्तै अस्पातल जान तथा दिएका नम्बरहरुमा तुरुन्तै संपर्क गर्नु हुन हार्दिक अनुरोध गरिएकोछ। यहाँहरुलाई अवगत नै छ कोरोना भाईरसको संक्रमण भएपछी दिर्घ रोग भएकाहरुलाई गार्हो हुने हुन्छ त्यसैले आफु स्वयम र वहाँहरुको सुरक्षाका लागि सचेत रहौं। अहिलेलाई अनावश्यक रुपमा धरान १७ मात्रा होइन भिड भाड हुने क्षेत्रमा नजाऔं।
कोरोना भाईरस संग डरले होइन यस्को न्युनिकरण र संक्रमण हुन नदिने स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरौं। धन्यवाद।
म्रितक आत्माहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिर शान्तीको कामना गर्दछौं। 🙏🏻
श्री सूर्य बहादुर भट्टराई मनोज, वडाध्यक्ष (९८४२०२५२८३, ९८०४१९८६९१)
श्री सुवास देवा, वडा सदस्य (९८०४३१६११२) श्री युवराज विष्ट, वडा सदस्य (९८०२७१४०१४).
श्री मीना लावती, वडा सदस्य (९८१४३८२००६)
श्री फुलमाया परियार (कुसुम), वडा सदस्य (९८१५३३२३२०) श्री शिशिर श्रेष्ठ, वडा सचिव (९८४२०३७७९५)
श्री सरस्वती सुनुवार, कर्मचारी (९८१९०३५४२१)
DHaRanE ADmiN
WE DHaRanE