गणपति वैदिक पूजा भण्डार

  • Home
  • Nepal
  • Dhankuta
  • गणपति वैदिक पूजा भण्डार
Call Directions Contact the business

गणपति वैदिक पूजा भण्डार पुजाका आवश्यक सम्पूर्ण सामग्रीहरु पाइने स्थान ।

पूजाका आवश्यक सम्पूर्ण सामाग्रीहरु
धार्मिक तथा कर्मकाण्डका पुस्तकहरु
कुनै पनि धार्मिक तथा वैदिक कर्महरु
(विवाह, पुराण, अनष्ठान, कालसर्प दोष, आदि)
चिना, मुहुर्त ,वास्तु सम्बन्धि सेवा र परामर्श
आवश्यकता अनुसार घरदैलो सेवा

२०८२ सालाको पात्रो आइपुगीसकेको जानकारी .........🙏🙏🙏🙏
11/02/2025

२०८२ सालाको पात्रो आइपुगीसकेको जानकारी .........🙏🙏🙏🙏

18/08/2024
निमन्त्रणा !!       निमन्त्रणा !!          निमन्त्रणा !!आज देखि धनकुटा बसपार्कमा रहेको पूजा भण्डार लालिगुरास होटल छेउ , ...
01/08/2024

निमन्त्रणा !! निमन्त्रणा !! निमन्त्रणा !!

आज देखि धनकुटा बसपार्कमा रहेको पूजा भण्डार लालिगुरास होटल छेउ , बाजे किराना पसल अगाडी सरेको सहर्ष जानकारी गराउदछु । साथै सबै शुभचिन्तक अफन्तहरुलाइ आज पसल उद्घाटनमा उपस्तिथिको लागि यसै फेसबुक मार्फत निमन्त्रणा पनि गर्दछु ।

समय १०:१५ बजे देखि

पत्थरको सूर्य , विष्णुपादुका र पशुपति शिवलिङ्ग चाहिएमा सम्पर्क  गर्नुहोला ।
10/02/2024

पत्थरको सूर्य , विष्णुपादुका र पशुपति शिवलिङ्ग चाहिएमा सम्पर्क गर्नुहोला ।

संखुवासभाको १ नं ग्रेडको अर्ग्यानिक सख्खर उपलब्ध छ ।स्टक सिमित छ । इच्छुकहरुले यथशिघ्र सम्पर्क गर्नुहोला ।
02/02/2024

संखुवासभाको १ नं ग्रेडको अर्ग्यानिक सख्खर उपलब्ध छ ।
स्टक सिमित छ । इच्छुकहरुले यथशिघ्र सम्पर्क गर्नुहोला ।

तपाईं हाम्रै आफ्नै पुजा भण्डार गणपती वैदिक पुजा भण्डारमाआइ पुगेकोरसुपथ मूल्यमा पनि उपलब्ध रहेको जानकारी गराउदछु ।
29/01/2024

तपाईं हाम्रै आफ्नै पुजा भण्डार

गणपती वैदिक पुजा भण्डारमा

आइ पुगेको
र
सुपथ मूल्यमा पनि उपलब्ध रहेको जानकारी गराउदछु ।

14/01/2024

थर , गोत्र र प्रवर ।।

१.कौडिन्य गोत्र👉️
सापकोटा, पराजुली, न्यौपाने, प्याकुरेल, पनेरु, त्रीताल, सत्याल, वाग्ले थापा,बाँसकोटा, आचार्य,अचार्ज, मोरासानि, लकाजि खड्का, दीक्षित, पाठक,
गाग्ले गैह्रे,काला - भण्डारी, लकाँयी, (लम्जेल, भुवावगी दीक्षित, राजोपाध्याय) ।
कौडिन्य गोत्रको प्रवरः- कौडिन्य, वशिष्ठ, मैत्रावरुण इति त्रिप्रवर |

२. अत्रि गोत्र👉️
चापागाई, खतिवडा, (गोतामे) गौतम, मिश्र, अधिकारी (ठाडाराई),
अगस्ति, अवस्थी, ओझा, कठायत, कवारी, वस्ती, मल्ल, कल्ल, दुलाल, गेलाल, गोदार, डोटेल,डाँगी, पहारी, दुवाडी, यादव, रानाभाट, समाल, सोमवंशी, हमाल । अत्रि गोत्रको प्रवरः- अत्रि, अर्चनानस, श्यावास्य इति त्रिप्रवर।

३.आत्रेय गोत्र👉️
पौडेल (काला सेता) अज्र्याल (अर्जेल), अर्याल, दुलाल, सिग्देल,दवाडी (दुवाडी), कालिकोटेथापा, पुवार थापा, वगाले थापा, खुलाल थापा राय, कालिकोटे खंडका, पानी पोखरेल, मल्ल,पौड्याल, (विहारे, बगाले) । द्रष्टव्यः- अत्रि र आत्रेय दुबै गोत्रमा धेरैवटा थरहरू समानरूपले समाविष्ट देखिन्छन्। यदि अत्रि पुत्र आत्रेय भत्रे अर्थ नलगाएमा मात्र दुबै गोत्रमा विवाह हुने अन्यथा दुबै गोत्रमा आपसी विवाहादि लेनदेन निषिद्ध छ। आत्रेय गोत्रको प्रवरः- आत्रेय, अर्चनानस, श्यावास्य इति त्रिप्रवर ।

४.भारद्वाज गोत्र👉️
सुवेदी, चौलागाईं, सिलवाल, पाँडे कुल्टा, पन्त, लटौला, जोशी, पन्थी, वाग्ले, दुधपोखरेल, लोहनी,थामी, अधिकारी, देवकोटा, सिजापति विष्ट, शिवाकोटी, निरौला,
भण्डारी, बोहोरा, खँडका, कँडेल, सोपाली, बस्नेत, राउत, रावत, रावल, गेलाल, च्वाईं, चन (कुमाउनी,प्युठानी, ठकुरी), चौधरी, चौहान, चम्पाल, जमरकट्टेल, जोशी, जि.सी (कसैको कौशिक पनि), थपलिया, रजौरिया, वैदवार क्षेत्री, लौडारी, सुन्ताखाने भँडारी, सिँजापति, विष्ट, श्रीर्पालीबस्नेत, संग्रौला।भारद्वाज गोत्रको प्रवरः- भारद्वाज, अंगिरस, वार्हस्पत्य इति त्रिप्रवर।

५.काश्यप गोत्र👉️
घिमिरे, पाँडे (पाण्डे), अधिकारी, गर्तौला, गोदार थापा, बडाल, वोकरी, बुढाथोकी सोणारी,माझी शाहा, शाही, सोनारी, अग्रहरि, अमात्य, अवस्थी, ओझा, कमर, कक्षपति, कठायत, कहाली, कायस्थ, कार्की (जुगाढी), कुमाल, कुम्भराना, गुप्ता (रौनियार, घर्ती (भूजेल), घोडासैनी, चटौत, टमाटा, ठकुरी - खान, चन, ज्यू, मल्ल, राया, सिंह, मेधासी, कस्केली), ठकुराठी, तण्डुकार, बोगटी, सोणारी, दर्जी, दुगड, देउवा, दोजुई, धामी, ध्वजु, नकर्मी, नागा नेगी, प्रधान, पात्रा, बडाल, पछाँई , बतासा, बानियाँ, (सिमलदिया- बडखोरा) रायमाझी, भूमिहार, महतारा, माकाजू, राजपुत, रोकाया, सक्सेना, साउद, सुवाल, सैंजु, श्रीवास्तव, हमाल, हाडा, हुम्ली, न्हुछे प्रधान, श्रेष्ठ, लिम्बु, शेर्पा, राई साथै थर र गोत्र यकिन हुन नसकेका जति एवं पशुपंक्षिहरूको पनि काश्यप गोत्र हुन्छ । काश्यप गोत्रको प्रवरः- काश्यप, आवत्सार, ध्रुव इति त्रिप्रवर ।

६.गर्ग गोत्र 👉️
भुत्र्याल आचार्य, लामिछाने थापा, रोकाहा, आचार्य (आचार्ज), झिंगार,भुत्र्याल (भुर्तेल), पाल्पाली खड्का, बाँस्तोला, लामिछाने, भट्ट, गजूरेल, चुडाल, रिसाल, जोशी, लाम्छाने, भेटवाल ।गर्ग गोत्रको प्रवरः- गर्ग, गाग्र्य, गौतम, विश्वामित्र, पाराशर्य इति पञ्चप्रवर

७.कौशिक गोत्र👉️
रेग्मी, रिमाल, लामिछाने खड्का, धिताल, लुईटेल, बानियाँ, विडारी, पूडासानी (पुडासैनी),रायमाझी, रघुवंशी भँडारी, ओझा, खप्तरी विष्ट, खप्तरी खड्का, खप्तरी बुढाथोकी, टण्डन, गौडेल,ढुङ्गाना, थामी, डाँगी, बस्ताकोटी, बुढाथापा, विणारी, पाठक, फुयाँल । कौशिक गोत्रको प्रवरः- कौशिक, देवरात, ओदल इति त्रिप्रवर।

८.घृत- कौशिक गोत्र👉️
नेपाल, खनाल, बराल, पण्डित, सुतार कार्की, खँदाल (खोरिया र गैरा) । घृत- कौशिक गोत्रको प्रवरः- घृत- कौशिक, विश्वामित्र इति द्विप्रवर।

९.धनञ्जय गोत्र👉️
रिजाल, पंगेनी, बस्नेत, गुरागाँई, कुकुरकाटे, कुँवर, खुलाल (खुसाल), बस्याल (वसेल), भुसाल,भण्डारी, बुढाथोकी, धमाल, धमला, होमागाई, गैरीपिप्ली। धनञ्जय गोत्रको प्रवरः- धनञ्जय, विश्वामित्र, भाधुच्छन्दस इति त्रिप्रवर |

१०.वशिष्ट गोत्र👉️
भट्टराई, खरेल, चालिसे, ऊच्चैठकुरी, केसरी, खानियाँ गैरे, सुयल(थापा, राउत, घर्ती), थाम्सिडे भँडारी, दवाडी, दुवाडी, द्विवेदी, सिजापति, भण्डारी, मुडभरी । वशिष्ट गोत्रको प्रवरः- वशिष्ट, इन्द्र प्रमद, भारद्वसु इति त्रिप्रवर ।

११.वत्स गोत्र👉️
रुपाखेती, दाहाल, लम्साल, राणा (जं.ब.रा.), कुवँर (कँवर), खराल, चौहान, मिश्र, विष्ट, रावल । वत्स गोत्रको प्रवरः- भार्गव, च्यवन, आप्तवान, और्व, जामदग्न्य इति पञ्चप्रवर |

१२. मौद्गल्य गोत्र
उप्रेती, कोइराला, कुइँकेल, कार्की (खुलाल, लामा, मुडुला), चक्रवर्ती, चटर्जी, तिम्सिना,
तिमल्सेना, थापाकालिकोटे, निउरे (न्यूरे), बनर्जी, बेलकाँणि, बेलवासे,भट्टाचार्य,मुखर्जी, लेकाली,सिँखाडा | मौद्गल्य गोत्रको प्रवरः- मोद्गल्य, आंगिरस, भाम्याश्व इति त्रिप्रवर ।

१३. उपमन्यु गोत्र👉️
मैनाली, ढकाल, कर्माचार्य, जोशी, भट्ट (दुवाल, पाँडे), उप्रेती, पाठक, पाँडे, फुलारा, बतौंला, विष्ट, वैद्य, दुलाल, ओली, नाथ योगी (कसै-कसैको काशिल्य पनि) । उपमन्यु गोत्रको प्रवरः- उपमन्यु, कपिल, विरंचि इति त्रिप्रवर।

१२.कपिल गोत्र👉️
पुवार (विष्ट, थापा), दानी क्षेत्री, बोहोरा ।

१३.आङ्गिरस गोत्र👉️ जोशी (सिलाइँ), सेढाँई।

अन्य थर गोत्र प्रवर-

१४.अगस्ति-👉️ ढुङ्गेल। प्रवरः- अगस्ति, जैमिनी, दधिची इति त्रिप्रवर । शौनक- शाही। प्रवरः- शौनक, वशिष्ठ, पाराशर इति त्रिप्रवर ।

१५.वशिष्ठ-👉️ मुडभरी। प्रवरः- वशिष्ठ, इन्द्रप्रमद, भरद्वसु इति त्रिप्रवर ।

१६.पराशर 👉️- मट्टा । प्रवरः- पराशर, वशिष्ठ, शाक्त्य इति त्रिप्रवर।

१७.शाण्डिल्य👉️- काफ्ले, प्रसाँई, महत । प्रवरः- शाण्डिल्य, असित, देवल इति
त्रिप्रवर |

१८. विश्वामित्र👉️- पाटील, मजुमदार, भट्ट (अलिना ), निरवंशी, रयाल। प्रवरः-
विश्वामित्र, मरीचि, कौशिक इति त्रिप्रवर।

१९.वाल्मीकि👉️ - नागिला ।

२०.कश्यप-👉️ अलिना अधिकारी ।

कुनै बिग्रेको भए कमेन्ट गर्नु होला... ! ( आवस्यक पर्नेले शेयर गरि सुरक्षित गर्नु होला)

14/01/2024

#श्रीमद्भागवतमहापुराण
अष्टम स्कन्ध कथामा आउने
कथाका पात्रहरुको नाम....

@ मन्वन्तर को वर्णन -

14 मन्वन्तर को नाम -
1 स्वायम्भुव 2 स्वारोचिष 3 उत्तम 4 तामस 5 रैवत
6 चाक्षुष 7 श्राद्धदेव 8 सावर्णी 9 दक्षसावर्णी
10 ब्रह्मसावर्णी 11 धर्मसावर्णी 12 रुद्रसावर्णी
13 देवसावर्णी 14 ईन्द्रसावर्णी

@@ कुन कुन अवतार मा को को? के के थिए ?

@ 1 मन्वन्तर -
मनु - स्वायम्भुव
पुत्र - प्रीयव्रत, उत्तानपाद
देवता - याम आदि 12 देवता
ऋषि - मरिची आदि सप्तर्षी
भगवान - यज्ञ अवतार रक्षक

@ 2 मन्वन्तर -
मनु - अग्निको पुत्र स्वारोचिष
पुत्र - द्युमान
देवता - तुषित
ऋषि - ऊर्जस्तम्भ आदि
इन्द्र - रोचन
भगवान - विभु अवतार

@ 3 मन्वन्तर -
मनु - प्रीयव्रत का पुत्र उत्तम
पुत्र - पवन आदि
देवता - सत्य आदि
ऋषि - प्रमद आदि सप्तर्षी
इन्द्र - सत्यजित
भगवान - सत्यसेन अवतार

@ (4) मन्वन्तर -
मनु - तामस
पुत्र - पृथु आदि
देवता- सत्यक आदि
ऋषि - ज्योतिर्धाम
इन्द्र - त्रीशिख
भगवान - हरी अवतार
• हरी अवतार मा भगवानले गजेन्द्र (हात्ति) र
ग्राहलाई (गोही)उद्धार गर्नु भयो ।
• गज र ग्राहको पूर्व-वृत्तान्त -
• हूहूगन्धर्व देवल ऋषि को श्राप
पाएर ग्राह भएका थिए ।
• ईन्द्रद्युम्न द्रविड देशका राजा थिए । अगस्त्य ऋषिको
श्राप पाएर गजेन्द्र भएका थिए ।

@ 5 मन्वन्तर -
मनु - रैवत
इन्द्र - विभु
भगवान - स्वयं वैकुण्ठ अवतार
लिनु भो । वर्णन तृतिय स्कन्ध छ ।

@ 6 मन्वन्तर
मनु - चक्षु का पुत्र चाक्षुष थिए ।
इन्द्र - मन्त्रद्रुम
भगवान - अजित नामक अवतार ।
कच्छप रुप लिएर आफ्नु पिठमा मन्दराचल
धारण गर्नु भयो । फेरि अर्को मोहिनी रुप धारण गरेर समुन्द्र मन्थन गर्दा देवतालाई अमृत पान गराउनु भयो ।

@ 7 मन्वन्तर -
मनु - श्राद्धदेव विवस्वान का पुत्र र
उनको नाम वैवस्वत पनि हो ।
इन्द्र - पुरन्दर
भगवान - वामन अवतार ।
• भगवानले वामन अवतारमा दैत्यराज बलि सँग याचक बनेर तीन पाउ धर्ती मागेर सर्बस्व लुटेका थिए ।

• बलिका गुरु शुक्राचार्य

@ 8 मन्वन्तर -
मनु - सावर्णी
इन्द्र - बलि
भगवान - सार्वभौम अवतार

@ 9 मन्वन्तर -
मनु - दक्षसावर्णी
इन्द्र - अद्भुत
भगवान - ऋषभ अवतार

@ 10 मन्वन्तर -
मनु - ब्रह्मसावर्णी
इन्द्र - शम्भु
भगवान - विष्वक्सेन अवतार

@ 11 मन्वन्तर -
मनु - धर्मसावर्णी
इन्द्र - वैधृत

12/10/2023

घटस्थापनाको दिनको प्रतिपदा तिथिमा पूरा दिनभरि र रातभरि चित्रा नक्षत्र वा वैधृति योग परेमा मध्यान्ह कालमा अभिजित मुहूर्त परेको समयमा घटस्थापना गर्नु पर्छ ।
वि.सं २०७८ सालको घटस्थापनाको स्थिति
वि.सं २०७८ आश्विन २१ गते विहिवार आश्विन शुक्ल प्रतिपदा तिथि परेकोले यो दिन घटस्थापनाको दिन परेको छ । यसमा रातको १२१० बजे सम्म चित्रा नक्षत्र र विहान ८२१५ बजे उप्रान्त भोलिपल्ट विहान ५१३४ बजे सम्म वैधृति योग रहेको छ । यसरी करीव करीव पूरै दिन र रात भरी चित्रा नक्षत्र र वैधृति योग देखिएकोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको शुभ साइत निकाल्दा मध्यान्ह काल र अभिजित मुहूर्तको मध्य पारेर विहान ११:४६ बजे घटस्थापना को साइत निर्धारण गरेको छ । सबै नवरात्रिमा दुर्गा पूजा गर्दा कुन समयमा गर्ने भन्ने विषयमा भने निम्नानुसार शास्त्रीय वचन पाइन्छ ।
प्रातः काललक्षणम्!!
भास्करोदयमारभ्य यावत्तु दश नाडिका: । प्रातःकाल इति प्रोक्तःस्थापनारोहणादिषु ॥(विष्णुधर्मोत्तरपुराण)
प्रातरावाहयेद् देवीं प्रातरेव प्रवेशयेत् । प्रातः प्रातश्च सम्पूज्य प्रातरेव विसर्जयेत् ॥- देवीपुराण
सूर्योदय भए देखि १० घटी अर्थात् ४ घण्टा सम्म प्रातःकाल हुन्छ प्रातःकालमा देवीको आवाहन गर्नुपर्छ । प्रातःकालमा नै देवीलाई प्रवेश गराउनु पर्छ र प्रतिदिन प्रातःकालमा देवीको पूजा गरी प्रातःकालमा नै देवीको विसर्जन गर्नुपर्छ । यो भनाइ अनुसार प्रातःकालमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रको मूल मर्म र चित्रा वा वैधृति योग परेमा मध्यान्ह कालमा घटस्थापना गर्नु पर्छ भन्ने शास्त्रको अर्को भनाइ रहेकोमा “सामान्यशास्त्रतो नूनं विशेषो बलवान भवेत्" अर्थात् सामान्य शास्त्र भन्दा विशेष शास्त्र बलवान् हुने भएकोले चित्रा नक्षत्र र वैधृतियोग परेमा मध्यान्हकालको अभिजित् मुहूर्तमा घटस्थापना गर्नु नै शास्त्र सम्मत देखिन्छ । यसकारण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०७८ साल को घटस्थापनाको साइत निकाल्दा अभिजित मुहूर्त र अन्य ग्रहस्थितिलाई समेत विचारगरी घटस्थापना र चित्रा, वैधृति योग शान्ति। दशै अर्थात् शारदीय नवरात्रको पहिलो दिन दुर्गा पूजा गर्ने कार्यलाई घटस्थापना भनिन्छ । यो घटस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन यदा कदा चित्रा नक्षत्र र वैधृति योग पनि पर्न सक्तछ । यसरी घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृतियोग पन्यो र यसमा घटस्थापना गरियो भने ठूलो अनिष्ट हुन्छ भनी शास्त्रमा बताइएको छ ।
जस्तैः वैधृतौ पुत्रनाशः स्याच्चित्रायां धननाशनम् ।तस्मान्न स्थापयेत् कुम्भं चित्रायां वैधृतौ तदा ॥
अर्थात् वैधृति योगमा घटस्थापना गरे पुत्रनाश हुन्छ र चित्रा नक्षत्रमा घटस्थापना गरे धननाश हुन्छ ।
घटस्थापनाको दिन पूरा पूर चित्रा नक्षत्र र वैधृति योग परेमा के गर्ने त ? भन्दा शास्त्रमा लेखिएको छ ।
त्वाष्ट्र वैधृतियुक्ता चेत् प्रतिपच्चण्डिकार्चने ।तयोरन्ते विधातव्यं कलशारोपणं गुह
(देवी पुराणको भार्गवाचन दीपिका) प्रतिपद्याश्विने मासे भुवो वैधृतिचित्रयोः।
आद्यपादौ परित्यज्य प्रारभेन्नवरात्रकम् ॥ चित्रावैधृति सम्पूर्णा प्रतिपच्चेद् भवेन्नृप ।
त्याज्या ह्यंशास्त्रयस्त्वाद्यास्तुरीयाशे तु पूजनम् ॥ (दुगोत्सवमा, कात्यायनको वचन)
घटस्थापनाको दिन पुरा पुर चित्रा नक्षत्र र वैधृति योग परेमा सकभर यी दुवैको घटी पला विते पछि घटस्थापना गर्नु पर्छ । यो सम्भव नभएमा चित्रा र वैधृतिको तीन चौथाइ घटी अर्थात् ३/४ घटी कटाई पछिल्लो एक चौथाइ घटी अर्थात् १/४ घटीमा घटस्थापना गर्नु पर्छ । पूरा दिनभरि र पूरा रातभरि चित्रा र वैधृति योग पर्दा “न रात्रौ स्थापयेत् कुम्भम् न च कुम्भाभिषेचनम्"- मत्स्यपुराणको यो शास्त्रीय वचन अनुसार रातमा घटस्थापना निषेध गरिएकोले समस्या जस्ताको त्यस्तै रहन्छ । यसमा के गर्ने त ? भन्दा यो समस्याको समाधानकालागि शास्त्रले यस्तो निर्देशन गरेको छ ।
सम्पूर्णा प्रतिपदेव चित्रा युक्ता यदा भवेत् ।वैधृत्या वापि युक्ता स्यात् तदा मध्यन्दिने रवौ ॥
अभिजित्तु मुहूर्तं यत्तत्रस्थापनमिष्यते
असोज २१ गते विहिवार बिहान ११:४६ बजे घटस्थापना गर्नू भन्ने गरेको निर्णय पूरा पूर शास्त्र सम्मत देखिन्छमाथि उल्लेख भएका सबै शास्त्रीय वचनहरूको निष्कर्षलाई विचार गर्दा प्रातःकालमा भगवतीको आवाहन गर्नू भन्ने पहिलो भनाइ, चित्रा नक्षत्र र वैधृति योग परेमा घटस्थापना गर्दा धननाश र पुत्रनाश हुन्छ भन्ने दोश्रो भनाइ, चित्रा नक्षत्र र वैधृतियोग परेमा मध्यान्ह कालमा अभिजित मुहूर्त पारेर घटस्थापना गर्नू भन्ने तेश्रो भनाइलाई विश्लेषण र समीक्षा गर्दा मूल नक्षत्र र अश्लेषा नक्षत्रमा वालक जन्मेमा मूल नक्षत्र र अश्लेषा नक्षत्रको शान्ति गरे भै चित्रा र वैधृति योगको पनि शान्ति गर्ने परम्परा र शास्त्रज्ञहरूको मतलाई समेत मध्यनजर गरी चित्रानक्षत्र र वैधृतियोगको शान्तिका सम्बन्धमा निम्नानुसारको विधि प्रस्तुत गरिन्छ ।
चित्रा र वैधृति योगको शान्ति गर्नू अघि निम्न कर्म गर्ने
१) सकभर रातो शुद्ध वस्त्र धारण गरी शुद्ध आसनमा बस्ने
२) आचमन गर्ने, आसनलाई शोधन गर्ने, प्राणायाम गर्ने, भगवतीलाई जल चढाई नमस्कार गर्ने ।
३) घण्ट, शङ्ख, डमरू बजाएर सेतो सस्यूँ चन्दन, अक्षता, फूल, जौ, तिल, चारै तिर छर्केर पूजामा विघ्नकारक भूतादिलाई अपसारण गर्ने
४) कर्मपात्र निर्माण गर्ने, चित्रा र वैधृतिको शान्ति पूर्वक घटस्थापना गरी देवी पूजा
गर्ने अधिकार प्राप्तिकालागि प्रायश्चित्त गोदान गर्ने, प्रतिज्ञा सङ्कल्प गर्ने ।
५) ऋष्यादिन्यास, करन्यास, अङ्गन्यास गरी दुर्गा भगवतीको ध्यान गर्ने यथाशक्ति भगवतीको मूलमन्त्र जपगर्ने जल चढाउने । भगवतीलाई नमस्कर गर्ने ।
६) अर्घस्थापना गर्ने र शङ्ख, घण्ट, डमरूको पूजा गर्ने
७) दीप, कलश, गणेशको पूजा गर्ने ।
चित्रा नक्षत्रको शान्ति
१) ईशान कलशको बायाँ पट्टि चित्रा नक्षत्रको पूजाकालागि कलश स्थापनाको विधिले कलश स्थापना गर्ने । सो कलश माथि तामाको थालीमा श्रीखण्ड चन्दनले अष्ठ दल लेखी सो थाली माथि सुनको प्रतिमालाई आगोमा तताई शुद्ध गरी गङ्गाजलले धोएर चित्रानक्षत्रको स्वामी त्वष्टाको प्रतीकको रूपमा स्थापना गर्ने । प्राण प्रतिष्ठाको विधिले चित्रा नक्षत्र र त्वष्टाको प्राण प्रतिष्ठा गर्ने ।
२) चित्रा नक्षत्रको दायाँ पट्टि सूर्यलाई "चिन्त्रनदेवानामुदगात्" भन्ने मन्त्रले सूर्यलाई पूजा गर्ने । चित्रा नक्षत्रको बायाँ पट्टि वायुलाई “वायुरनीलममृततमथेदम्" भन्ने मन्त्रले पूजागर्ने। यस पछि चित्रा नक्षत्र र त्वष्टालाई आराध्य देव मानी पञ्चोपचार वा षोडशो पचारले पूजा गर्ने ।यस पछि ॐ त्वष्ठ तुरीयो अद्भुत इन्द्राग्नी पुष्टिवर्धनम् । द्विपदाच्छन्दा इन्द्रियमुक्षा गोत्रयोदधः ॥
यो मन्त्रले त्वष्ठाको ध्यान गरी पुष्पान्जलि चढाउने र
ॐ अमृतोद् भव विष्णेश यतस्त्वं शङ्करात्मकः ।
धननाशाच्च मां रक्ष तव वश्यश्च धिष्ण्यपः ॥ यो मन्त्रले चित्रा नक्षत्रको ध्यान गरी पुष्पाञ्जलि चढाउने ।
वैधृतियोगको शान्ति
१) ईशानकलशको दायाँ पट्टि वैधृतियोग र अदितिको पूजाका लागि कलशस्थापनाको विधिले तामाको कलश थापी त्यसमाथि अष्टदल लेखेको तामाको थाली राख्ने ।
सो थालीमाथि आगोमा तताई गंगाजलले धोएको सुनको प्रतिमा राख्ने । त्यसलाई वैधृतियोग र अदितिको प्रतिमा (मूर्ति) परिकल्पना गर्ने र प्राणप्रतिष्ठा गर्ने ।
२) अष्टदलको वीचमा रुद्रलाई दायाँ पट्टि सूर्यलाई र उत्तर पट्टि सोमलाई आ-आफ्नु मन्त्रले पूजा गर्ने । वीचमा मृत्युञ्जयलाई पूजा गर्ने । यस पछि अदिति र वैधृति योगलाई पञ्चोपचार वा षोडशोपचारले पूजा गर्ने ।
ॐ अदितिर्द्यौरदितिः यो मन्त्रले अदितिलाई र वैधृति योगलाई ॐ वैधृतियोगाय नमः भनी प्रणाम गरी पुष्पाञ्जलि चढाउने । यथाशक्ति गायत्री जप र मृत्युञ्चयको जप गर्ने । सकेमा पञ्चवारुणी होमपूर्वक चित्रा, त्वष्टा अदिति र वैधृति योगलाई १०८ का दरले हवन गर्ने। गायत्री र मृत्युञ्जयलाई पनि १०८ का दरले हवन गर्ने । चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने
माथि उल्लेखित विधि गर्न नसकेमा ।
(क) ईशान कलशमा, चित्रा, त्वष्टा वैधृति अदिति र मृत्युञ्जयको पूजा गर्ने चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने ।
यो पनि गर्न नसकेमा
ईशान कलशमा चित्रा नक्षत्र, त्वष्टा देवता, वैधृति योग आदिति (देवमाता) र मृत्युञ्जयको पूजा गर्ने । चित्रा र वैधृति योगको दोष नलागोस् भनी नवदुर्गा भगवतीसँग प्रार्थना गरी नमस्कार गर्ने । चित्रा र वैधृतिको शान्ति पछि मूल वेदीमा विधि पूर्वक घटस्थापना गरी कलसमाथि थालीमा दुर्गायन्त्र अथवा भगवतीको मूर्ति स्थापनागरी र यवारोपण (जमारा राख्ने) गर्ने प्रतिदिन विहान बेलुका भगवतीको पूजा पूजा गर्ने आरति जप पाठ, ध्यान आदि गर्ने पष्ठीको दिन बेलको रुखमा नवपत्रिकाको आवाहन 1 गर्ने सप्तमीको दिन नवपत्रिका (फुलपाती भित्र्याउने पूजा गर्ने । भद्रकाली र सरस्वतीको पूजा गर्ने । अष्टमीको दिन विशेषपूजा र कालरात्रि गर्ने । नवमीको दिन खड्गिनीको पूजा गर्ने र कुमारीको पूजा गर्ने । दशमीको दिन जया, विजया, अजिता, अपराजिता को पूजा गर्ने अन्त्यमा चित्रा नक्षत्र र वैधृतियोगको शान्ति समेतलाई उल्लेख गरी दुर्गा पूजन निमित्तक गोदान, पूर्णपात्र र दक्षिणा सङ्कल्प गर्ने, अभिषेक लिने, तोरण टीका जमरा जल प्रसाद लगाउने । यो वर्ष देवीसर्जनको साईत विहान ८:१९ बजे छ र टीकाको
यो लेख तयार पार्दा निम्न ग्रन्थको सहायता लिइएको छ ।
क) धर्म सिन्धु काशिनाथ उपाध्याय (चौखम्वा संस्कृत सिरीज अफिस वाराणसी १)
ख) निर्णय सिन्धु: कमलाकर भट्ट (खेमराज श्रीकृष्णदास श्रेष्ठी वेड्डटेश्वर (स्टीम) मुद्रणालय)
ग) शान्तिमयूखः नीलकण्ठ भट्ट, (जगन्नाथ रघुनाथ धारपुरे वी.ए.एल.एल.वी हायरकोट वकिल, विश्वविद्यालय सदस्य मुम्बई)
घ) सत्कर्मरत्नावली: (श्री ५ गीर्वाणयुद्धवीर विक्रम शाहदेव, श्री ५ को सरकारको छापाखाना)
ङ) मुहूर्तचिन्तामणिः राम, पीयूषधारा टीका
च) कृत्यवाटिका: पं. खङ्गपाणि अर्जेल (नेपाल राष्ट्रिय अभिलेखालय)
छ) वीर मित्रोदयः महामहोपाध्याय पं. मित्रमिश्र चौखम्बा संस्कृत सिरीज आफिस वाराणसी।
ज) पुरुषार्थ चिन्तामणिः विष्णुभट्ट आठवले सम्पूर्णनन्द संस्कृत विश्वविद्यालय
झ) वर्षकृत्यदीपक : महामहोपाध्य पं. नित्यानन्द पन्त पर्वतीय, चौखाम्वा, संस्कृत संस्थान वाराणसी।
ञ) नारद संहिता : नारदमाहामुनिप्रणीता चौखम्वा संस्कृत भवन, वाराणसी-२२१००१ (भरत) ।
ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेल, कार्यकारी निर्देशक,नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
प्रा. श्रीकृष्ण अधिकारी (अध्यक्ष) नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति।।

साभार !!

06/10/2023

धेरै अघि Devmani Bhattarai गुरूदेवद्वारा लिखित र नेपाली पात्रोद्वारा प्रकाशित।

महालय बिशेष: भाग 3

महालय पक्षसम्बन्धी केही निर्णयहरू:-
क) पिताको जुन तिथि हो, पितृपक्षमा पनि यसै तिथिमा महालय श्राद्ध गर्नुपर्छ। पितामह प्रपितामह आदिको तिथिमा गर्न मिल्दैन ।

ख) पूर्णिमा र चतुर्दशी तिथिहरूको महालय श्राद्ध अष्टमी, द्वादशी औंसीमध्ये कुनै एक तिथिमा गर्नुपर्छ ।

ग) मातृनवमीमा
मातृपक्ष माता, पितामही, प्रपितामही एकपक्ष
पितृपक्ष- पिता, पितामह र प्रपितामह दोस्रो पक्ष मातामह पक्ष सपत्नीक मातामह, प्रमातामह, वृद्धप्रमातामह तेस्रो पक्ष
गरी यी तीन पक्षको श्राद्ध गर्न सकिन्छ।

घ) पिता जीवित छंदै आमा मरेकाहरूले मातृ पितामही, प्रपितामही सहितको र अन्य पनि अविधवा मृतहरू भए अर्थात् सधवा स्त्रीहरूको अविधवा नवमी श्राद्ध गर्नुपर्छ।

(ङ) महालय पक्षमा तिथि गर्ने बेलामा पत्नी रजस्वला भए अष्टमी, द्वादशी, ओसी एवं भरणी, व्यतीपातमध्ये कुनै एक दिन श्राद्ध गर्नुपर्छ। तिथि सादृश्यका कारण तिथि नै लिनुपर्छ ।

च) कन्या राशिमा सूर्य प्रवेश भएपछि महालय गर्ने भनिए तापनि आषाढबाट पाँचौंपक्ष जुन हो, त्यसैमा गर्नुपर्छ । अर्थात् आश्विन कृष्णपक्षमा महालय श्राद्ध गर्नुपर्छ ।
अर्को कुरा महालय पक्षमा कन्या राशिमा सूर्य सरेकै हुनुपर्छ भन्ने होइन। तर, यस पक्षको सुरुमा, बीचमा वा अन्त्यतिर नै गए पनि हुन्छ भनिएकाले कन्या राशिमा सूर्य रहनुमा अनिवार्यता छैन ।

छ) मघा नक्षत्र हो भने हामीले पितृपक्षमा गर्ने श्राद्ध भनेको तिथिश्राद्ध हो । अतः महालय पक्षमा वा अरू बेला मघा नक्षत्र परेको भए श्राद्ध गर्न
हुँदैन, पिण्ड दिनुहुँदैन भन्ने कुरा अशास्त्रीय हो । मघामा कस्तोमा चाहिँ पिण्ड दिन हुँदैन भने जसले मघा नक्षत्रलाई निमित्त मानेर (तिथिनिमित्त होइन) मघाश्राद्ध गर्छ, त्यस्ताले पिण्डरहित मघाश्राद्ध गर्नुपर्छ। मघाश्राद्ध नैमित्तिक श्राद्ध होइ, वस्तुत काम्य श्राद्ध हो। अतः नक्षत्रपरक मघाश्राद्ध अपिण्डक हुन्छ। महालय पक्ष भनेकै तिथिश्राद्ध भएकाले मघासँग तिथिश्राद्धको सम्बन्ध छैन। मघा पर्यो भनेर महालय पक्षको
पिताको तिथि छोड्नु हुँदैन।

ज) पितृपक्षभरि महालय हुन सकेन भने आश्विन शुक्ल पञ्चमीसम्मलाई गौण काल मानिएको हुँदा पञ्चमीसम्म श्राद्ध गर्न मिल्छ, गर्नुपर्छ ।
त्यसपछिका अष्टमी, द्वादशी, औंसी, भरणी र व्यतीपातमा पनि गर्न सकिन्छ।

झ) गाईतिहारे औंसी (कार्तिक कृष्ण औंसी) सम्म श्रद्ध हुन सकेन र मार्गशीर्ष संक्रान्ति पनि लागेको छैन भने त्यस बीचमा निशिहरू, तिथि, वार आदिको विचार गरेर (जुराएर) महालय श्राद्ध गर्न सकिन्छ। यो अन्तिम अवसर हो। यसपछि अर्थात् मार्गशीर्ष संक्रान्ति लाग्यो, यस वर्ष महालय हुन सकेन भने दुरी अश्वस्य ज्यो... मन्त्रको १० महिनासम्म जप गरिरहनाले मात्र महालय श्राद्ध नगरेको प्रायश्चित हुन्छ र यस बीचमा ( १० महिनाभित्र) पर्ने एकोद्दिष्ट वा एकाहपार्वण आदि पितृहरूको तिथिश्राद्ध भने गर्दै जानुपर्छ ।

१० महिना जप्ने मन्त्र - ॐ दुरो अश्वस्य दुर इन्द्र गोरसि दुरो यवस्य वसुन इनस्पति। शिक्षानरः प्रदिवो अकामकर्शनः सखासखिभ्यस्तमिदं
गृणीमसि ।। (ऋग्वेद १/१५३/२. वेणीमाधव ढकाल सं. पू. २९७ बाट)

ञ) महालयको श्राद्धकाल - दिनमानलाई पाँच भाग लगाएर चौथो भाग अर्थात् अपराह्नलाई लिनुपर्छ ।

श्राद्धकर्म पितृ र पुत्रहरूका लागि अत्यन्त उपयोगी कर्म हो। पितृतर्पण, पिण्डदान, ब्राह्मणभोजन आदि यसका मुख्य कर्म हुन्। यो कर्म तिथिप्रधान मानिएकाले निःसंकोच आफ्ना पितृ आदिको मृततिथिमा एकोद्दिष्ट वा एकपार्वण श्राद्ध गर्नुपर्छ भने महालय पक्षमा सम्भव भए सोह दिन नै आद्ध गर्नुपर्छ। सकिँदैन भने आफ्ना पिताको तिथिलाई निमित्त मानेर पितृपक्षमा त्यसै तिथिमा समस्त पितृहरूको महालय श्रद्ध गर्नुपर्छ।

साभार ।

Address

धनकुटा–७, बसपार्क नगरपालिका भवन (ब्यापारिक भवन) , साथै निशान भगवती मन्दिर परिसर।
Dhankuta

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779842181803

Website

Alerts

Be the first to know and let us send you an email when गणपति वैदिक पूजा भण्डार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गणपति वैदिक पूजा भण्डार:

Shortcuts

Share