Shindhu stationary

Shindhu stationary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shindhu stationary, Comic Bookstore, Baink Road, Burtibang.

practice it.
04/09/2024

practice it.

अन्तर बिद्यालय बादबिबाद प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल यी नानीको दमदार प्रस्तुति लाइ मान्नैपर्छ

aa
15/11/2022

aa

We are proud to announce the launch of a new product: CopyTrans Filey public beta is here! The new app was created to help you wirelessly manage files on your iOS device and transfer them to and from your PC. Try it out right now: https://www.copytrans.net/copytransfiley/

28/09/2019

मई १९५९ जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषि...

28/08/2016
16/06/2015

Welcome to Nepal Police Official Website

16/06/2015

पोर्चुगल तथा रियल मड्रिडका फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘नेपालीका लागि सबैले सकारात्मक सोचौं, नेपाल र पोर्चुगल साथ-साथ’ भनेका छन् । उनले...

06/05/2015

तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउँ:

एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्‍है कठिन भएपछि उसलाई सार्‍है खेद लाग्यो र उसले विचार गर्‍यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै मरिन्छ क्यारे ।” यस्तो सोचेर ऊ भोलिपल्टै घरबाट निस्कियो ।

जाँदा जाँदा बाटोमा उसले कमेरो (सेतो माटो) भेट्‍यो र त्यो माटो महँगो भाउमा बेच्ने सुरले चारमाना जति लिएर अगाडि बढ्‍यो । जाँदै गर्दा चार कोस जति हिंडेपछि उसले खेतमा गोरु जोतिरहेको एउटा मानिसलाई भेट्‍यो । हलोमा एउटा गोरु सेतो र अर्को कैलो थियो ।
उसले हलो जोत्‍ने किसानलाई भन्यो- “ओहो दाजु, यस्तो बेरंगा गोरु जोतेर के तमाशा गर्नु भएको ?”
किसानले भन्यो- “यसपाली यस्तै भो, अर्को साल कैलो गोरु बेची सेतो किन्‍नु पर्ला ।”
जसेले दाउ फ्याल्दै भन्यो- “ल, जम्मा एक मोहर खर्च लाग्छ । कैलो गोरुलाई सेतो पारिदिऊँ ?”
किसानले एकछिन गम खायो र घत मान्दै भन्यो- “लौ, हुन्छ त ।”
जसेले कमेरो घोलेर गोरुको जीउ रंगाईदियो । टाढाबाट हेर्दा गोरु सेतो देखियो । घिउलाटो किसान दंग पर्‍यो ।
किसानले भन्यो- “यहाँ त मसँग पैसा छैन । यति खेत जोतिसकूँ, अनि घरबाट ल्याएर दिउँला ।”
जसेले भन्यो- “ओहो, आफूलाई बेर भईराछ, कहाँ हुन्छ ?”
किसानले भन्यो- “लौ, त्यसो भए यसो गर, उ त्यो डाँडा छेउको घर मेरो हो । त्यहाँ गएर मेरी जहानसँग एक मोहर मागेर लैजाऊ । म यहाँबाट ‘दिनू’ भनिदिउँला ।”
जसे “हुन्छ” भनेर किसाननी कहाँ गयो र किसाननीलाई भन्यो- “भाउज्यू, दाईले गोरु किन्‍नु भो, 60 रुपियाँ दिनुपर्‍यो । सोध्नुस त ।”
किसाननीले त्यहींबाट हलोका गोरु हेरी, दुबै सेता ! सोधी- “होइन, यिनी पैसा माग्दैछन् । के गर्ने हो ?”
किसानले सबै कुरा सुनेन । सोझै भन्यो- “दे, दे ।”
किसाननीले जसेलाई 60 रुपियाँ गनेर दिई । पैसा हात पर्नासाथ छट्‍टु जसे त्यहाँबाट सुईंकुच्चा ठोकिहाल्यो ।

ऊता किसान खेत जोती वरी बेलुका घर फर्क्यो । किसाननीले गोरुलाई सेतो रंगको देख्दा सोधी- “हैन, किन यो गोरु सेतो देखिन्छ नि ?”
किसानले भन्यो- “रंगाएको गोरु कस्तो हुन्थ्यो त ? एक मोहरले गोरु रंगाएँ ! दुनियाँले भन्‍ने बाटो पनि भएन । अर्को सालचाहिँ गोरु किन्‍नै पर्ला ।”
लोग्नेको कुरा सुनेर स्वास्नीले जिल्ल पर्दै भनिन्- “हैन, के भन्‍नु हुन्छ ? दिउँसो मात्र 60 रुपियाँमा गोरु किन्‍नु भएको हैन ? त्यो पनि यस्तो अनुहार नपरेको, फेरि अर्को के गोरु किन्‍ने ?”
लोग्ने स्वास्नीका कुराले जिल्ल पर्‍यो, स्वास्नी लोग्नेका कुराले ।

यता किसानको डरले जसे रातारात जंगलको बाटो कुलेलम ठोक्दैथियो । जसेको गोडाले भालुलाई लाग्यो, भालु जर्‍याकमर्‍याक उठ्‍यो र जसेसँग कुस्ताकुस्ती पर्‍यो ।जसेले मौका पर्नासाथ भालुको कन्पारो समात्यो । भालुको केही जोर चलेन, तर जसे पनि थाकेर लखतरान भइसकेको थियो । लुगा धुजाधुजा भएको र कम्मरको पैसा राखेको थैलो खसेर रुपियाँ पनि छरियो ।
त्यै बेलामा पल्लो गाउँको मुखिया घोडा चढेर कसिकसाउ भएर कचहरीमा जान त्यै बाटो आइपुग्यो । त्यतिन्जेल राम्रै उज्यालो भइसकेको थियो । मुखियाले कुस्ती देखेर सोधे- “हैन, के हो यो, यस्तो ?”
छट्‍टु जसेले फेरि दाउ हाल्दै भन्यो- “मुखियासाहेब, हजूरको घोडा यहाँ नजीक नल्याउनुहोला । डराएर मेरो भालुले रुपियाँ छेर्न छोड्ला । बाटोमा मेरो मान्छे भेटिए ‘चाँडै जाओ’ भन्दिनुहोला । हजूरलाई 25 रु. भयो । भूईंबाट टिपेर लानुहोस् ।”
जसेको कुराले छक्‍क पर्दै मुखियाले भन्यो- “खुलासा भन न । मैले कुरा बुझिनँ ।”
जसेले भन्यो- “उसो भए सित्तैमा मुखिया हुनुभएछ । कुरा साफै छ । आज चार वर्षदेखि यो रुपियाँ छेर्ने भालुलाई समात्‍ने बन्दोबस्त गर्दै थिएँ । बल्ल बल्ल आज राती भेट्टाएँ तर त्यो बेला मेरो साथमा बालक छोरो मात्र थियो, मैले मौका पर्नासाथ भालुलाई पक्री गाउँबाट मानिस बोलाउन दौडाएँ । तर अझ आइपुगेनन् । म भने थाकिसकें ।”
मुखियाले भने- “अद्‍भुत भालु रहेछ । नपत्याउँ भने पनि सारा ठाउँमा रुपियाँ छेरिराखेको छ । तिमी पनि थाकिसकेका रहेछौ । मलाई पनि छोराको बिहे गर्न खर्च चाहिएको छ । तिम्रा मानिस नआउन्जेलसम्म म भालुको कन्पारो समाउँछु । छेरेको रुपियाँमा आधा तिम्रो आधा मेरो ।”
जसेले भन्यो- “बाठो हुनुहुँदोरहेछ, मुखिया साहेब ! मरी मरी गीत गाउँ म, मसला खाने तिम्रा बाउ ! चार वर्षदेखि दौडधुप गरूँ म, एक्‍कैछिन मदद दिंदैमा आधा रुपियाँ लिने तपाईं । पर्दैन, जानुहोस, मेरा मानिस आइहाल्छन् नि अब । थाकेको छु, 10 भागको 1 भागमा मान्‍नुहुन्छ भने घोडा अलिपर बाँधी लँगौटी मात्र लगाई तयार भई आउनुहोस् ।”
मुखियाले पैसा कमाउने असल उपाय देखे । लँगौटी कसी भालुको कन्पारो समाते । जसेलाई छुट्टी मिल्यो । सारा रूपियाँ पोको पारी मुखियाको लुगामा डटेर घोडा चढेर जसेले त्यहाँबाट बाटो ततायो । यो देखेर मुखियाको होश उड्‍यो । मुखियाले नदुखेको कपाल डोरी लगाई लगाई दुखायो । उता भालुले बल लगाउन थाल्यो । मुखियाले सकेनन् । दश-पाँच ठाउँमा चिथोरेर भालु जंगलभित्र पस्यो ।

जसे जाँदा जाँदा एउटा गाउँमा पुग्यो । मध्यान्हको समय थियो । जसेले गाउँको साहूकहाँ गएर भन्यो- “साहुजी, म परदेशी हुँ । तपाईंले म र मेरो घोडाको पेट भर्ने कुनै व्यवस्था मिलाई दिनु भए लागेको खर्च म तिर्नेछु । साहूले हुन्छ भन्यो ।
सबैजना यताउति लागेपछि जसेले 20 रुपियाँ झिकेर घोडाको लिदीमा मिलायो र 5 रुपियाँ उसको मलद्वारमा पनि घुसारिदियो ।
साहूले घोडाको लिदीमा 5 रुपियाँ देखे ! अनि भने- “ओहो परदेशी दाई, तपाईंको घोडाको लिदीमा रुपियाँ कताबाट आयो ?”
जसेले भन्यो- “साहूजी, यो मेरो अचम्मको घोडा हो । यसले दिनकै 25 रुपियाँ हग्छ । हेर्नुस् त, 20 रुपियाँ हगिसक्यो । 5 रुपियाँ अझ हग्न बाँकी छ ।”
नभन्दै त्यै बेलामा घोडाले अघि घुसारेको 5 रुपियाँ हगिदियो । यस्तो चमत्कार देखेर साहु दंग पर्‍यो । साहुलाई लोभ जाग्यो र उसले भन्यो- “परदेशी दाई, यस्तो रुपियाँ हग्ने घोडा लिएर परदेश गर्नु ठीक छैन । यो मलाई दिनुहोस् । परेको दाम म तिर्छु, घरसम्म जान म मेरो घोडा पनि दिन्छु । यो घोडा मलाई चिनो छोड्नुहोस् ।”
जसेले भन्यो- “बल्ल बल्ल मैले यो 5 हजारमा किनेको हुँ । मेरो परेको दाम र तपाईंको घोडा दिनुहोस् त । यो रुपियाँ हग्ने घोडा तपाईंको भयो ल ।”
साहू मक्ख पर्‍यो र उसले जसेलाई 5 हजार रुपियाँ र आफ्नो घोडा दियो र मुखियाको घोडा उसले लियो ।

जसेले साहूलाई पनि मुखियालाई जस्तै उल्लु बनायो र त्यहाँबाट पनि टाप कस्यो । जाँदा जाँदा जसे एउटा नदी किनारमा पुग्यो । त्यहाँ एउटी बूढी आईमाई र उसकी तरुनी छोरी बजार जान नदी तर्न नसकी बसिरहेका थिए ।
जसेलाई देखेर बुढीले सोधिन्- “कहाँ जान लागेका हौ बाबु ? कुन गाउँका हौ ? हामीलाई नदी पारि पुर्‍याईदिन्छौ की ?”
अब जसेले ठूलै दाउ हान्‍ने विचार गर्‍यो र भन्यो- “ज्योतिषीले मेरा नाउँ अनौठै राखेका छन् । ‘ज्वाईं’ मेरो नाउँ, ‘तोरी फुल्या गाउँ’ हो । मेरो घोडा थाकेको छ । एकैचोटि यसले तीन जना तार्न सक्दैन । पहिले यी नानीलाई पारि पुर्‍याउँला, अनि तपाईंलाई लिन आउँला त ।”
बूढीले विश्‍वास गरी र हुन्छ भनी । जसेले बूढीकी छोरीलाई घोडामा बसाल्यो र नदीपारि पुग्यो । यता बूढी ‘ज्वाईं’ फर्केर आउला र आफूलाई पनि नदी तारि देला भनेर धेरै बेरसम्म कुरेर बस्यो तर छट्टु ‘ज्वाईं’ बेपत्ता भइसकेको थियो ।
धेरैबेर भएपछि बल्ल बूढीको चेत खुल्यो र अलाप विलाप गरेर रुन थाली । बाटो हिड्ने मानिसहरुले बूढीलाई रुनुको कारण सोधे । बूढीले भन्‍न थाली- “ज्वाईं राँडाका छोराले मेरी छोरी लिएर गयो । कुनै धर्मात्मा भए मेरी छोरी फर्काईदेऊ ।”
मानिसहरूले बूढीलाई सम्झाए- “तिमी त कस्ती, छोरी त ज्वाईंलाई नै दिएकी हौ त । अनि ज्वाईंले छोरी लग्यो त किन रुनु ?”

यसरी छट्‍टु जसेले धन पनि कमायो, स्वास्नी पनि पायो ।

सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
भन्ने बेला तात्तातै मुखमा आइजाला
यो कथा चाहिएको बेला बैकुण्ठ जाला

29/04/2015

Nepal Earthquake Rescue Operations April 28,2015 at Kathmandu.

29/04/2015

People on queue to leave Kathmandu after earthquake.government of Nepal has announced free bus service but couldn't arrange. सरकारले ५०० बसको व्यवस्था भएको भ...

Address

Baink Road
Burtibang

Alerts

Be the first to know and let us send you an email when Shindhu stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share