Smart News

Smart News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart News, Abuja.
(27)

चिनियाँ विदेशमन्त्री वाङ यीले लिपुलेक विवाद नेपाल र भारतको द्विपक्षीय मामिला भएको भन्दै यसमा चीन नपर्ने प्रस्ट पारेका छन...
16/06/2026

चिनियाँ विदेशमन्त्री वाङ यीले लिपुलेक विवाद नेपाल र भारतको द्विपक्षीय मामिला भएको भन्दै यसमा चीन नपर्ने प्रस्ट पारेका छन्। परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्तामा नेपालले चीन-भारतबीचको पुरानो लिपुलेक नाका सम्झौताबारे गम्भीर चासो राखेपछि उनले यस्तो जवाफ दिएका हुन्। चिनियाँ पक्षले यो मुद्दा कूटनीतिक संवादमार्फत नेपाल र भारत आफैँले समाधान गर्नुपर्ने धारणा राखेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नेपालमा बढ्दो अमेरिकी तथा पश्चिमा कूटनीतिक सक्रि...
16/06/2026

परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नेपालमा बढ्दो अमेरिकी तथा पश्चिमा कूटनीतिक सक्रियताप्रति चासो व्यक्त गरेको छ। बेइजिङमा भएको द्विपक्षीय भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले 'टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो' भन्ने भनाइ उद्धृत गर्दै नेपाललाई बाह्य शक्तिराष्ट्रहरूभन्दा छिमेकीसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्न सन्देश दिएका हुन्। यसलाई पछिल्लो समय नेपालमा बाक्लिएको अमेरिकी अधिकारीहरूको भ्रमण र बढ्दो पश्चिमा चासोप्रति चीनको कूटनीतिक सतर्कताको रूपमा विश्लेषण गरिएको छ।

नेपालमा पश्चिमा शक्तिहरूको प्रभाव विस्तार हुँदा त्यसले तिब्बतलगायतका चिनियाँ सुरक्षा संवेदनशीलतामा असर पर्न सक्ने बेइजिङको बुझाइ छ। सोही कारण चिनियाँ पक्षले नेपाललाई कुनै पनि बाह्य भूराजनीतिक प्रभावबाट मुक्त रहेर नजिकको छिमेकीसँगको सहकार्य बलियो बनाउन आग्रह गरेको हो। यद्यपि, विदेशमन्त्री यीले नेपालसँगको सम्बन्धलाई चीनले सधैँ उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै नेपालको आर्थिक विकास र आधुनिकीकरणमा निरन्तर एवं भरपर्दो साझेदार रहने प्रतिबद्धता समेत जनाएका छन्।

मालपोत धाउनुपर्ने दिन गए  !बालेन शाह नेतृत्वको सरकारको योजनाअन्तर्गत जग्गाको कामका लागि घामपानी नभनी मालपोत कार्यालय धाउ...
16/06/2026

मालपोत धाउनुपर्ने दिन गए !
बालेन शाह नेतृत्वको सरकारको योजनाअन्तर्गत जग्गाको कामका लागि घामपानी नभनी मालपोत कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता अब अन्त्य भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाले लालपुर्जा वितरण गर्दै आफ्नै पालिकाबाट नापी तथा मालपोत सेवाको ऐतिहासिक सुरुवात गरेको छ। यसले नागरिकको समय, पैसा र झन्झट जोगाउनेछ भने आगामी दिनमा अन्य २०० भन्दा बढी पालिकाहरूमा पनि यो सुविधा विस्तार गर्ने तयारी भइरहेको छ।

निर्माण व्यवसायीले नटेरेपछि डिपी अर्याल फायरसभामुख डोलप्रसाद (डिपी) अर्यालले निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै काममा ...
15/06/2026

निर्माण व्यवसायीले नटेरेपछि डिपी अर्याल फायर
सभामुख डोलप्रसाद (डिपी) अर्यालले निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीमाथि कडा आक्रोश पोखेका छन्। पटक-पटक भाका सार्दै अटेर गर्ने प्रवृत्ति नछाडे अब तोकिने नयाँ मितिपछि दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउने उनले निर्माण व्यवसायीलाई कडा चेतावनी दिएका छन्।

नागरिकको पक्षमा विराजभक्त श्रेष्ठ कडा कदमबालेन शाह नेतृत्वको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठल...
15/06/2026

नागरिकको पक्षमा विराजभक्त श्रेष्ठ कडा कदम
बालेन शाह नेतृत्वको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आम नागरिकको पक्षमा एउटा कडा कदम चालेका छन्। अब उप्रान्त विद्युत् जडान गर्ने, मिटर लिने वा मन्त्रालय मातहतको कुनै पनि काम गर्दा कसैले तपाईंलाई अतिरिक्त पैसा (घूस) माग्यो भने चुप लागेर नबस्नुस्, प्रमाणसहित सिधै '११५१' नम्बरको हटलाइनमा फोन गरेर उजुरी दिनुस् भनेर उनले सबैलाई अपिल गरेका छन्।

चिया पिउन केपी खनालको ‘चियादानी’मा पुगे प्रधानमन्त्री बालेनप्रधानमन्त्री बालेन शाह आइतबार पानी परिरहेको बेला आफ्नो टिमसह...
15/06/2026

चिया पिउन केपी खनालको ‘चियादानी’मा पुगे प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन शाह आइतबार पानी परिरहेको बेला आफ्नो टिमसहित काठमाडौँको शंखमुलस्थित रास्वपा सांसद केपी खनालको चिया पसल ‘चियादानी’मा पुगेका छन्। आफ्ना स्वकीय सुवास शर्मासहित त्यहाँ पुगेका बालेनले छाता ओढेर मुस्कुराउँदै चिया पिएको भिडिओ यतिबेला सार्वजनिक भएको छ। सांसद खनालका अनुसार प्रधानमन्त्री बालेन यसअघि पनि उक्त पसलमा गएर यसैगरी चिया पिउने गर्थे ।

आयोजना ओगटेर काम नगर्नेको लाइसेन्स खारेज हुने पक्का !ऊर्जा क्षेत्रलाई परिणाममुखी र व्यवस्थित बनाउन बालेन सरकारका ऊर्जा त...
15/06/2026

आयोजना ओगटेर काम नगर्नेको लाइसेन्स खारेज हुने पक्का !
ऊर्जा क्षेत्रलाई परिणाममुखी र व्यवस्थित बनाउन बालेन सरकारका ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठले आयोजना ओगटेर काम नगर्नेहरूको लाइसेन्स खारेज गर्ने कडा नीति ल्याएका छन्। पीपीए (PPA) र अनुमति लिएर पनि वर्षौंसम्म निर्माणको काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सरकारले अब वास्तविक लगानीकर्तालाई मात्र पूर्ण सहयोग गर्नेछ। अब ऊर्जा क्षेत्रमा 'लाइसेन्स होल्ड' गर्ने नभई समयमै आयोजना निर्माण सम्पन्न गर्ने संस्कृतिलाई मात्र प्राथमिकता दिइने सरकारको स्पष्ट तयारी छ।

विश्वकप २०२६ कै सर्वाधिक धनी बने रोनाल्डो ! फिफा विश्वकप २०२६ मा सहभागी खेलाडीहरूमध्ये क्रिस्टियानो रोनाल्डो ३० करोड डलर...
15/06/2026

विश्वकप २०२६ कै सर्वाधिक धनी बने रोनाल्डो !
फिफा विश्वकप २०२६ मा सहभागी खेलाडीहरूमध्ये क्रिस्टियानो रोनाल्डो ३० करोड डलर (करिब ४० अर्ब नेपाली रुपैयाँ) कमाइका साथ सर्वाधिक धनी खेलाडी बनेका छन्। फोर्ब्सको रिपोर्टअनुसार रोनाल्डोपछि १४ करोड डलर आम्दानीसहित लियोनेल मेस्सी यस सूचीको दोस्रो स्थानमा रहेका छन्। यी सुपरस्टारहरूको यो विशाल आम्दानी मुख्यगरी क्लबबाट पाउने उच्च तलब र चर्चित ब्रान्डहरूको व्यावसायिक विज्ञापनबाट भएको हो।

गृहमन्त्री सुधन गुरुङको क'डा एक्सनवन अतिक्रमण हटाउने नाममा गरिबको टेम्पो भिरबाट ख*सालिएको घटनामा गृहमन्त्री सुधन गुरुङले...
15/06/2026

गृहमन्त्री सुधन गुरुङको क'डा एक्सन
वन अतिक्रमण हटाउने नाममा गरिबको टेम्पो भिरबाट ख*सालिएको घटनामा गृहमन्त्री सुधन गुरुङले चासो देखाउँदै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन निर्देशन दिएका छन्। गृहमन्त्रीको निर्देशनलगत्तै आफ्नो जिम्मेवारी सम्हाल्दै कैलाली प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। यता, प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीले पी*डित पक्षलाई न्याय दिलाउन जनप्रतिनिधिसहितको छलफललाई तीव्रता दिएका छन्।

अर्थमन्त्री स्वर्णिमले जिते युवाको मनराष्ट्रिय युवा उद्यमशीलता सम्मेलनमा बालेन सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...
14/06/2026

अर्थमन्त्री स्वर्णिमले जिते युवाको मन
राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनमा बालेन सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब युवाहरूले सपना पूरा गर्न विदेशिनु नपर्ने वातावरण बनाउन आगामी बजेटबाटै काम सुरु गरिसकेको बताएका छन्। उनले युवा उद्यमीलाई प्रोत्साहित गर्न १ लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिने तथा कर र बक्यौतामा सहुलियत दिने जस्ता नीतिगत व्यवस्था बजेटमा गरिएको जानकारी दिए।

Address

Abuja

Telephone

+2348035385670

Website

Alerts

Be the first to know and let us send you an email when Smart News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart News:

Share