12/02/2023
जती मुस्किल होस जिन्दगी जसरी मोडोस साहरा तिमी हाै
मेरो हरेक हासो ,खुसि आसा भरोसा तिमी हाै!
बाहिरी दुनियाँ लडाउन खोज्लान दुखमा पनि हास्न खोज्लान
हजार फुलहरुको बीच फक्र्रिएको गुलाब तिमी हाै!
मेरो जिबन तिमी सग सुरु भयो अन्तिम सास तिमी हाै
मिलन ,हासो रोद्न अनि अन्तिम काख तिमी हाै !
न कल्पाना गर्छु न सोचेको हुन्छु हाम्रो जिबन बहिर
टाढा भएर नि यादमा नजिक हुन्छु बिचको दुरि तिमी हाै!
सबै भन्नि गरुन सराबको नसा भयो जिन्दगी तेसै लागिरहेछ
मेरो जिन्दगीको हर नसा अखिर अन्तिम नसा तिमी हाै!
राज वाग्ले (तनहुँ सुक्लागण्डकी -1) गल्ती भए सचेत गराउनहोस अभारी हुनि छु ।