18/10/2018
पोहोर साल अमेरिकी राजदूत एलाइना बी टेप्लिज जन्मजात क्रिस्चियन हुन् । तर दशैंको टीका जमरा लगाएर नेपालीहरुको सांस्कृतिक पर्वप्रति सद्भावना प्रकट गरिन् । उनी बहुसंख्यक नेपालीहरुले खुसी साटेको बेलामा त्यसमा सरिक हुन चाहिन् । उनी हिन्दु भएकी होइनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहम्मद मोहसिन जन्मजात मुस्लिम थिए, तर दशैंको टीका थाप्न राजदरबार जान्थे । उनको टीका ग्रहण धर्मान्तरण थिएन, बहुसंख्यक नेपालीहरुप्रति उनले दर्शाएको सद्भाव थियो ।
अमेरिकी राष्ट्रपति, बेलायत र क्यानडाका प्रधानमन्त्रीले पर्व मनाएर हिन्दु धर्मावलम्बीहरुको मन जितिरहेका छन् । गत वर्षको होली महोत्सवमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हिन्दुधर्मावलम्बीहरुसँग धुमधाम होली पनि खेले । तर ८१ प्रतिसत हन्दिुहरु साथै ॐकार मिलेर दशैको टिकामा रमाइ रहदा हाम्रा क्रान्तिकारी भन्ने केही नेताहरु बाट बिरोधको स्वर सुनिन्छ । त्येस्तो दिनहरु आगामी दिनमा आउँदा केही सोच्ने पर्ने देखियो ।।
Credit :Raj kumar neupane
www.sanibar.com