31/01/2026
नेपाल लामो समयदेखि उही पुरानो राजनीति, उही अनुहार र उही भ्रष्टाचारको चक्रमा फस्दै आएको छ। युवाले आशा गरे, विश्वास गरे, तर हरेक पटक धोका मात्रै पाए। रोजगारी छैन, अवसर छैन, न्याय ढिलो छ, र भ्रष्टाचार खुलेआम छ। यही कारणले Gen-Z सडकमा उत्रियो। त्यो आन्दोलन कुनै पार्टीको लागि होइन, भविष्य बचाउनको लागि थियो। धेरैले आवाज उठाउँदा लाठी, गोली र दमनको सामना गर्नुपर्यो। ७६ जनाले आफ्नो ज्यान गुमाए — त्यो केवल संख्या होइन, त्यो हाम्रो चेतनाको मूल्य हो।
अब आन्दोलन केवल सडकमा सीमित हुनु हुँदैन। परिवर्तन भोटबाट हुन्छ। यदि हामीले फेरि पनि उही पुरानो सोच, उही असफल नेतृत्वलाई भोट दियौँ भने, त्यो ७६ जनाप्रति अपमान हुनेछ। अब सचेत भएर निर्णय गर्ने बेला आएको छ। नयाँ सोच, जवाफदेही नेतृत्व र काम गरेर देखाउने पात्रहरूलाई अवसर दिनुपर्छ।
बालेन शाह, रवि लामिछाने र सोविता गौतम जस्ता व्यक्तित्वहरू परिवर्तनको प्रतीक बनेका छन्। यो कुनै अन्धो समर्थन होइन, यो चेतनाको आवाज हो। Gen-Z अब चुप लाग्दैन। मेरो एक भोट = देशको भविष्य। सही निर्णय गरौँ, परिवर्तन रोजौँ। 🇳🇵✊