27/04/2020
आदरणीय ग्राहकवर्गहरुमा नमस्ते !
नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को विश्व महामारीमा, आम जन समुदायमा पर्न गएको विविध कठिनाई बारे हामी सबै जानकार नै छौ । यस्तो बेला सबैले आ-आफ्नो ठाउँबाट मानविय उत्तर दाइत्व बहन गर्नु पर्ने हुन्छ र हाम्रो वाई सेवा प्राइभेटले बिगत ४ दिन देखि उज्यालो बिहानी फाउन्डेशन सङ्ग सहकार्य गरेर, बजारी महङ्गीलाई न्यूनिकरण गर्दै आम जनमानिसलाई सहयोगी र सहज होस भनेर खेलेको भुमिका बारे सबैलाई अवगत नै छ । हामीले उज्यालो बिहानी फाउन्डेशन सङ्ग सहकार्य गरेर काम सुरु गरेको दोस्रो दिन पछि दाङ कमर्श च्याम्बर र स्थानिय सरकारले पनि लिखित रुपमा जोडिन आउनु भएको कुरा बारे पनि जानकार हुनु हुन्छ नै । यसरी जोडिदा हामीलाई खुसी लागेको छ । फुटेर होइन जुटेर केही गर्न सकिन्छ भन्ने हामी सबैको मान्यता छ ।
तीन दिन सम्म लगातार उज्यालो बिहानीले ३ वटा भ्यान, गाडी, लगायत बाइक स्कुटी, साधन, भोलुन्टर र श्रम सहयोग गरेको र वाईसेवाले पनि आफ्नो तर्फबाट आर्थिक र तरकारी स्टोरेज, भोलुन्टरलाई नास्ता पानी, संचार खर्च आदि व्योहरी रहेकै छ ।
आज चौथो दिनमा एउटा गाडी उपलब्ध गराउनु भएकोमा दाङ कमर्श च्याम्वरलाई पनि विशेष धन्यवाद छ । तेल खर्च स्थानिय सरकारले दिनु हुने प्रतिबद्धता जनाउनु भएको छ । यो अत्यन्तै खुसीको कुरा हो ।
तर यसरी उज्यालो बिहानी फाउन्डेशनका साथीहरु मात्र जिउ ज्यान दिएर निर्मम तरिकाले खटेको पाइयो । हरेक श्रमको मुल्य हुन्छ तर मानविय सहयोग नि हुन पर्छ तर यो कोरोनाको सन्त्रास अवस्थामा पनि, यति धेरै सहयोग लिनु अलि व्यवहारिक नमानिन सक्छ । २४ घन्टा नि:शुल्क श्रम दान गर्ने उज्यालो बिहानीका भोलुन्टर प्रति कृतज्ञता प्रकट गर्दछौ !
बिहान ५ बजे देखि राती ११/१२ बजे सम्मको अत्यन्त बढी खटान देखे पछि, वाई सेवा टिम फरक तरिकाले जानू पर्छ भनेर निर्णय लिएको छ ।
१) उज्यालो बिहानीका भोलुन्टर साथीहरुलाई अलि सजिलो र सहज हुने किसिमले भ्यानमा गएर, त्यो पनि केही बजारका चोक र गरिब बस्तीहरुमा न्यून मुल्यमा तरकारी उपलब्ध गराउने ।
२) जनताको घर घरमा डेलिभर गर्न उज्यालो बिहानी फाउन्डेशनका भोलुन्टर साथीहरुलाई यसरी मरेर काम नगर्न अनुरोध गर्ने । र उज्यालो बिहानीका भोलुन्टर साथीहरु पनि होम डेलिभरी गरि रहदा गरिबको घरमा होम डेलिभरी गर्न नपाएको गुनासो आएको हुदा गाडी मै गरिब बस्तीमा पठाउने ।
३) होम डेलिभर आम मानिसको घरमा पुर्याउन, वाई सेवा कम्पनीले प्रति व्यक्ति मासिक १२,०००/- मा दश जना स्टाफ राख्ने ।
४) न्यून मुल्यमा तरकारी लगायतका अन्य खाद्यान्न पनि होम डेलिभरी गर्ने । तरकारी डेलिभरी गर्दा तेल, गाडी, ड्राइभर र स्टाफ खर्चको लागि प्रती केजी तरकारीमा ५ रुपैयाँ बढी लिने । र यदि नाफा भई हालेको खन्डमा नाफा जति सबै उज्यालो बिहानी फाउन्डेसनको समाजिक सेवाको लक्ष्यमा सहयोग गर्ने ।
५) कम्तीमा लकडाउन अबधी भर नेट प्रोफिट जिरो प्रतिशत ०% मा काम गर्ने वाई सेवाको लक्ष्य रहेको छ । जनताको सेवामा समर्पित वाई सेवा प्राइभेट लिमिटेडको लक्ष्य जनतालाई लकडाउन बेला सहयोग पनि होस र राहत पनि होस र भोलुन्टरले कम भन्दा कम दु:ख गर्न परोस भन्नेमा केन्द्रित होस भनी यो जानकारी गराएका छौ ।
सुदन बि.सी
अध्यक्ष
BUY SEWA PVT. LTD.